कलैया । बारा प्रहरीले ११ किलो चाँदी सहित १ भारतीय नागरिक लाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा मोतिहारी बस्ने वर्ष २३ को सुनिल गुप्ता रहेका छन् ।

विशेष सूचनाको आधारमा इलाका प्ररही कार्यालय सिमरा बाट खटिएको प्रहरी टोलीले जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १ स्थित नेपाल टेलिकम चोक बाट उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बारा का प्रब्क्ता प्रहरी नायब उपरीक्षक राजेश थापाले बिश्वास एफ एम लाई बताउनु भयो ।

बिरगंजबाट पथलैया तर्फ जाँदै गरेको ना.३३ प ८५२६ नम्बरको मोटरसाईकल चेकजाँच गर्ने क्रममा मोटरसाईकलको तेल ट्याङकीको भित्र फल्स बटन बनाई सोही भित्र लुकाई छिपाई भन्सार छली ल्याएको १२ लाख ४२ हजार ९ सय ७३ मूल्य बराबरको ११ किलो ५०० ग्राम चाँदीको तयारी पाउजु, बाला, चाबि रिङ, बुट्टी तथा कल्ली सहितका गहनाहरू फेला परेको प्रहरी नायब उपरीक्षक थालाले बताउनु भयो ।

गुप्तालाई पक्राउ गरि आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैयामा पठाईएको प्रहरी ले जनाएको छ ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर