
कलैया । मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतको निजी घरमा ढुङ्गा प्रहार गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिका वडा नम्बर १ बस्ने २६ वर्षीय सुमन पटेल रहेका छन् ।
उनले वीरगन्ज महानगरपालिका वडा नम्बर १३ तेजारथ टोलमा रहेको मुख्यमन्त्री राउतको घरमा ढुङ्गा प्रहार गरेका थिए ।
ढुङ्गा प्रहारबाट घरको दुई वटा सिसा समेत फुटेको छ । उनीमाथि आपराधिक उपद्रसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रब्क्ता प्रहरी नायब उपरीक्षक ओम प्रकाश खनालले बताए ।