कलैया । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । उहाँकी श्रीमती राधिका शाक्यलाई समेत सङ्क्रमण पुष्टि भएको छ ।
एन्टीजेन परीक्षण गर्दा पोजेटिभ देखिएपछि ओली दम्पतिले पीसीआर परीक्षण गर्नु भएको थियो । पीसीआर गर्दा पोजेटिभ देखिएपछि अहिले दुबै जना आफ्नै निवासमा आइसोलेशनमा बस्नुभएको ओलीको निजी सचिवालयले जानकारी दिएको छ ।