कलैया ।बारामा रथले किचेर दुई जनाको घटनास्थलमै मृत्यु भएको छ ।
जिल्लाको आदर्श कोतवाल गाउँपालिका वडा नम्बर ३ बतरामा रथ अचानक तिव्र गतिमा कुदेको र रथको स्टेरिङ्ग फेल भए पछी अगाडी रहेका मानिसहरुलाई किचे पछी दुई जनाको घटनास्थलमै मृत्यु भएको स्थानीय प्रहरीले जनाएका छन् । स्थानीय लक्षु राम महरा चमारको छोरा सियाराम महरा चमारको बिहेका लागि रथ गाउँमा ल्याईएको थियो ।
मृत्यु हुनेमा आदर्शकोतवाल गाउँपालिका–३ बतरा बस्ने बनारसी रामको छोरी १६ वर्षीया निलम कुमारी राम र सिम्रौनगढ नगरपालिका–७ जानकीनगर बस्ने दिपेन्द्र रामको श्रीमती २५ वर्षीया बालकुमारी राम रहेका छन् । त्यस्तै उक्त घटनामा परि १३ जना घाइते भएका छन भने ६ जनाको अवस्था गम्भीर छ ।घाईते लाई उद्दार गरेर उपचारका लागि कलैया अस्पताल ल्याईएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजेश थापाले बताउनु भयो ।







