कलैया । आज राष्ट्रिय सभाको चुनाव हुँदै छ । आज बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म मतदान हुने निर्वाचन आयोगले जनाएको छ । मतदान सकिएलगत्तै मतगणना हुने छ ।

प्रदेश १ मा तीन, मधेस प्रदेशमा दुई, वाग्मतीमा दुई, गण्डकीमा तीन, लुम्बिनीमा तीन, कर्णालीमा तीन र सुदूरपश्चिम प्रदेशमा तीन गरी रिक्त हुने जम्मा १९ पदका लागि आज मतदान हुन लागेको हो । 

कोरोना महामारीका कारण स्वास्थ्य मापदण्ड को पालनामा कडाइ गरिएको निर्वाचन आयोगले जनाएको छ । सात प्रदेशमा आठ मतदानस्थल र १४ मतदान केन्द्रको व्यवस्था गरिएको छ ।राष्ट्रिय सभामा फागुनबाट रिक्त हुने भएकोले आज निर्वाचन हुँदै छ ।

राष्ट्रियसभा चुनावमा सत्ता गठबन्धनमा रहेका पाँच दलले प्यानल नै बनाएर उम्मेदवार दिएका छन् । एमालेका खाली हुने आठ सिटमा गठबन्धन दलले भागबण्डा गरेका हुन् । एमालेले सातै प्रदेशमा आफ्ना उम्मेदवार अघि सारेको छ । मधेस प्रदेशमा भने एमाले र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बीच तालमेल गरि चुनावमा होमिएका छन् ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर