कलैया । सिके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताहरुले राष्ट्रिय सभा निर्वाचनमा मत हाल्न जनकपुरधाम जादै गरेका सर्लाहीको हरिवन नगरपालिकाका मेयर सवार गाडी जनकपुरमा तोडफोड गरेका छन् ।
गाडीमा तोडफोड भए पछी मेयर गणेश प्रसाईं घाइते भएका छन् । गाडीमा मेयर गणेश प्रसाईं र उपमेयर रेनुका पौडेल थिए ।
सिके राउतका कार्यकर्ताहरुले जनकपुर उपमहानगरपालिका वडा नम्बर ४ मा मेयर सवार गाडीको सिसा फुटाएका छन् ।