कलैया । शहरी गरिबी निवारण मंच कलैया बाराले कलैया नगरका विभिन्न टोलमा रहेका अति गरीब, विपन्न, दलित वर्गका स्कुले बालबालिकाहरुको लागि कपडा वितरण गर्न गैरहेकोमा सो कार्यमा विरगंज कपडा बैंकले पनि सहयोग गरेको छ।

सो कार्यक्रममा विरगंज कपडा बैंकले १० थान स्विटर र २० थान टोपी सहयोग स्वरुप हस्तान्तरण गरेको थियो। सो सहयोग मंचका अध्यक्ष रबिन्द्र प्रसाद साहलाई बैंकका अध्यक्ष बृजेश्वर प्रसाद चौधरीले हस्तान्तरण गरेका थिए।

सो अवसरमा बैंकका सदस्य लालबाबु सिंह , नेपाल पत्रकार महासंघ पर्साका उपाध्यक्ष युवराज खड्का , मंचका कार्यक्रम संयोजक शिवनाथ रामको सहभागिता रहेको थियो।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर