
कलैया । नेपाल आयल निगमले फेरि पेट्राेलियम पदार्थको मूल्य बढाएको छ । आज १२ बजेदेखि लागू हुने गरी पेट्रोल डिजल र मट्टितेलको मूल्यमा प्रतिलिटर ३ रुपैयाँ निगमले बढाएको हो ।
नयाँ मूल्यसूची अनुसार अब पेट्रोलको मूल्य प्रतिलिटर १४२ रुपैयाँ तथा डिजेल र मट्टितेलको मूल्य १२५ पुगेको छ । यस्तै आन्तरिक हवाई ईन्धनमा प्रति लिटर १० रुपैयाँले वृद्धि गरी प्रति लिटर ११६ पुगेको छ । एलपी ग्यासको मूल्य भने यथावत राखिएको छ ।