साजिर मन्सुर ,कलैया । जनता आवास कार्यक्रम कार्यन्वयन इकाई मार्फत बाट घर बनाउन लगाईदिने भन्दै बारामा केही ठग सकृय देखिएको जनता आवास कार्यक्रम बाराका सम्योजक प्रदेश सान्सद पारस साहले बताएका छन ।
सम्योजक साहले दलित,मुस्लिम असहायलाई सरकारले उपलब्ध गराउने घर का लागि केही ठगहरुका समूह सकृय भएर सोझा साझा गरिब जनतालाई ठगिरहेको आफुलाई खबर आएको र यसमा मेरो गम्भीरता पुर्वक लिएको बताएका छन ।
पछिल्ला बर्षहरुमा केही बिचौलियाहरुले गाउँगाउमा लगेर फर्म भराउने र घर बनाईदिने भन्दै त्यस बापत नजराना लिने गरेको तर्फ लछित गर्दै त्यस्ताको यस बर्ष बाट कुनै दाल नगल्ने भएपछि ती ठगहरु अब गाउँ गाउँ पुगेर प्रती घर रु २५ हजार सम्म ठग्दै हिडेको जनताहरुले आफुलाई फोन गरेर बताएका र यो बिषय मा आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताएका छन। साहले यस्ता कोहि ठगले कुनै बहानामा पैसा मागे नदिएर सोझै प्रहरिलाई खबर गर्न जनता सङ्ग आग्रह गरेका छन ।
भौतिक पूर्वाधार मन्त्रालय अन्तर्गतको सहरी विकास तथा भवन कार्यालय पर्साले आवास बिहिनको पहिचान गरि घर निर्माणमा सघाउन गएको साउन १८ देखि साउन २७ गते सम्म सूचना निकालेको थियो । जसमा बारामा निर्धारित समयमा १५ हजार भन्दा बढिले फर्म भरेको साहले बताएका छन ।
साहले यो बर्ष आफुहरु बारामा ११ सय ६ घर बनाउने योजना भएपनी गरिब दलित करिब १५ हजार भन्दा बढि फर्म भरिएको बताएका छन । सम्योजक साहले आउदो फाल्गुन २ गते बाट प्रत्येक प्रदेश निर्वाचन छेत्रमा जनता आवास कार्यक्रमका कर्मचारी अनुगमनमा जाने र मापदण्डअनुसार का ले मात्र यो सुबिधा प्राप्त गर्ने बताएका छन ।
प्रदेश सान्सद साहले अहिले सम्म केवल ४ सय घर बनाउने पैसा आएको र बाकी सरकारले पठाएपछि हामिले घर बनाउने भएपनी अहिले अनुगमन पश्चात् निर्णय भने जम्मै ११ सय ६ घरकै गरिने बताएका छन । सरकारले प्रती घर ३ लाख ३२ हजार दिने भने पनि हाल प्रती घर १ लाख ६० हजार मात्र पठाएकोले सोही अनुसार रकम उपलब्ध गराईने र बाकी सरकारले पठाएपछि दिने सम्योजक साहले सबै सङ्ग आग्रह गरेका छन । साहले २०७३ सालमा बनेको घरको अन्तिम पेश्कि २०७७ मा आएको तितो सत्यलाई स्विकार्दै जनताले सरकारले उपलब्ध गराएपछि सबै किस्ता दिने भन्दै कुनैकारण ढिलो भए आफुलाई दोष नदिन समेत सबै सङ्ग अनुरोध गरेका छन ।
सहरी विकास तथा भवन कार्यालय पर्साले बारामा स्थायी रुपमा बसोबास गर्दै आएको डोम , मुसहर , चमार , दुसाद , खत्वे र अन्य दलितको हकमा राष्ट्रिय दलित आयोगको सुची अनुरुप गन्धर्व , परियार , बादी , विश्वकर्मा , सार्की , कलर , ककेहिया , कोरी , खटिक , चिडिमार , तत्मा , धोबी , पथरकट्टा , पासी , वातर , मेस्तर र सभंग परिवार समुह भित्र पर्ने सबै थरहरु तथा विपन्न मुसलमान लगाएत चेपांग , राउटे तथा कुसुण्डा जातिहरु लाई जनता आवास कार्यक्रम मार्फत घर बनाईने सुचना निकालेको छ ।