कलैया । मोटरसाइकल चोरी गरी भाग्दै गरेको अवस्थामा १ जना पर्सा बाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ निवासी २० वर्षीय ईरफान देवान रहेको प्रहरीले जनाएको छ । प्रहरी चौकी सिर्सियाबाट खटिएको चेकिङ् टोलीले शंकास्पद अवस्थामा ना.१६ प ६५९५ नम्बरको रातो रंगको १ सय ६ सिसीको यामाहा मोटरसाइकललाई रोकेर देवानलाई नियन्त्रणमा लिएको थियो । शनिवार साँझ साढे ७ बजे वीरगञ्ज महानगरपालिका वडा नम्बर १९ निवासी अनिल साहको घरकै आँगनमा पार्किङ्ग गरि राखिएको अवस्थामा लक तोडी चोरी गरेर भाग्दै गरेको अवस्थामा देवानलाई नियन्त्रणमा लिइएको पर्साका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिनु भयो । देवान विरुद्ध चोरी सम्बन्धी कसूरमा आवश्यक अनुसन्धान भईरहेको प्रब्क्ता खनालले बताए ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर