साजिर मन्सूर,कलैया । जनता समाजबादी पार्टी बाराले कलैया उपमहानगरपालिका वडा नम्बर ३ मा ३१ सदस्यीय वडा कमिटी पुनर्गठन गरेको छ। पुनर्गठित कमिटीको अध्यक्षमा बिनोद प्रसाद साह सर्वसम्मत चुनिएका छ्न ।
कमिटीको उपाध्यक्षमा मनोज पटेल सचिवमा सन्तोष कुमार यादव सह-सचिवमा अजय कुमार कुर्मी कोषाध्यक्ष मा कान्ति देवि यादव त्यस्तै सदस्यहरुमा दिपेन्द्र प्रसाद कुशवाहा,जीव महतो,दिपेन्द्र प्रसाद यादब,मो. रियाजुल हक,बिमला कुमारी गुप्ता,झौरी धोबिन,किशोरी लाल ठाकुर,नन्दु प्रसद महतो,अनिल कुमार गुप्ता,सुरेश ठाकुर,शम्भु साह कानु,तमसिर मंसुर,भरोश कुशवाहा,प्रमोद कुशवहा, मुना यादव,मुन्नी खातुन,कैलशिया देवि, सबिता ठाकुर,उर्मिला देवि पासवान, उपेन्द्र साह कानु,राजेश प्रसाद कुर्मि,पन्नालाल साह,राजेन्द्र साह,मान्ती देवि,गिता देवि र ध्रुप महतो रहेको जसपा नेता राजाबाबु गुप्ताले जनाएका छन । वडा स्थित प्रादेशिक शैक्षिक तालिम केंद्रमा भएको भेलाले सो कमिटी गठन गरेको हो ।
उक्त अवसरमा जसपा नेता एवम प्रदेश सभा सदस्य पारस साह,सम्बिधान सभा सदस्य प्रमोद गुप्ता, जसपा कलैया नगर अध्यक्ष शिवनाथ पटेल युवा नेता राकेश गुप्ता लगायतको उपस्थिति रहेको थियो ।