कलैया । एन प्याब्सन बारा शाखाको फाल्गुन १४ गते सम्पन्न ७ औ अधिवेशन बाट निर्वाचित पदाधिकारीहरुको सपथ ग्रहण सम्पन्न भएको छ । कलैया ५ स्थित बरेवा दरबार होटेल एन्ड ब्यान्क्विट नजिकै रहेको नया भवन ८ धुरमा जग्गामा बनेको नव निर्मित भवनमा नया पदाधिकारीहरुलाई सपथ ग्रहण गराईएको हो । आगामी ३ बर्षको लागि ईमान्दार भएर संस्था प्रती र सम्पुर्ण निजि बिधालय तथा लगानी कर्ताको हक हित तथा चौतर्फी बिकासका लागि अहोरात्र काम गर्ने भनी संस्था को गोपनियताको लागि सपथ खुवाइएको हो ।
सपथ ग्रहणमा रास्ट्र रास्ट्रीयता,सार्वभौमिकता,रास्ट्रीय एकता प्रती,समर्पित भैइ लगानिकर्ताको लगानी तथा स्वामित्व सम्बन्धी अधिकारको सुरक्षा गर्ने,लगानी कर्ता,अभिभावक बिद्यार्थी,कर्मचारी,शिक्षक को हकहित,तथा चौतर्फी बिकासका लागि बालबालिका लाई प्राथमिकतामा राखि गुणस्तरीय शिक्षा प्रवाहमा एन प्याब्सनको बिधान अनुसार इमानदारी साथ सम्पादन गर्ने तथा संस्था को गोपनियतालाई भङ्ग नगर्ने भनी ईश्वरका नामले सपथ खुवाइएको हो ।
एन प्याब्सनका केन्द्रिय वरिष्ठ उपाध्यक्ष रामबिनय चौरसियाको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा नव निर्वाचित पदाधिकारीहरुलाई पद तथा गोपनियताको सपथ खुवाइएको हो । प्रमुख अतिथि चौरसियाले दोश्रो कार्यकालका लागि निर्वाचित अध्यक्ष प्रभुलाल कुश्वाहालाई सपथ खुवाएका थिए । त्यसपछि अध्यक्ष कुश्वाहाले वरिष्ठ उपाध्यक्ष सहित अन्य पदाधिकारीहरुलाई सपथ खुवाएका हुन । सातौ अधिवेशन बाट अध्यक्ष कुश्वाहा सहित वरिष्ठ उपाध्यक्षमा सुमोध सरार्फ,उपाध्यक्षमा सुमोध गुप्ता,सचिव पुनदेव चौधरी,सह सचिव रामबहादुर चौधरि,कोषाध्यक्ष मदन रिजाल,सह कोषाध्यक्ष सन्तोश कुमार जयस्वाल,सदस्यहरुमा मङ्गेस्वर यादव,राम बिनेश बैठा,सानुबाबु अधिकारी, अनिल तिवारी,रबिन्द्र कुमार साह,राम नरेश जयस्वार,कमलेश कुश्वाहा,नम्रता रिसाल,यदुनाथ पौडेल,सुनिल साह र बिनय कुमार गुप्ता निर्वाचित भएको निर्वाचन समिती सम्योजक अधिवक्ता परमहन्श केशरीले जनाए ।
उक्त अवसरमा एन प्याब्सनका केन्द्रिय सदस्य अलिमहमद अन्सारी,प्याब्सनका मधेस प्रदेश सचिव डाक्टर नन्दन यादव,निर्वाचन समिती सदस्य तेजनारायण प्रसाद जयस्वाल,केन्द्रिय पुर्व सचिव चन्द्रीका गुप्ता,एन प्याब्सन बाराका सल्लाहकार रामबाबु कुश्वाहा,एन प्याब्सन मधेस प्रदेश सह कोषाध्यक्ष के एस फिगिसन (बिनु सर),नेपाल प्रेस युनियन बाराका सचिव एवम बिश्वास एफएम कलैयाका प्रबन्ध निर्देशक साजिर मन्सूर,ग्यालेक्सी बोर्डिङका सन्चालक महाबिर प्रसाद रिसाल,कुडवाका समाजसेवी हिरालाल यादव लगायत एन प्याब्सनका पुर्व पदाधिकारीहरुको उपस्थिति रहेको थियो । संस्थाका सचिव चौधरीले संचालन गरेको कार्यक्रममा वरिष्ठ उपाध्यक्ष सुमोध सरार्फले स्वागत गरेका थिए ।