वीरगञ्ज । वीरगञ्जका उद्योगी व्यवसायीहरुले भन्सारसँग सम्बन्धित समस्या समाधान गरिदिन भन्सार विभागका महानिर्देशक कमलप्रसाद भट्टराईसँग आग्रह गरेका छन् । मंगलबार वीरगञ्ज आइपुगेका भट्टराईलाई वीरगञ्जका उद्योगी व्यवसायीले भन्सारमा देखिएका विभिन्न समस्या समाधानका लागि आग्रह गरेका हुन् ।

वीरगञ्ज उद्योग वाणिज्य संघको सभाकक्षमा भएको छलफल तथा अन्तर्क्रिया कार्यक्रममा संघका अध्यक्ष सुवोध गुप्ताले मेसिनका पार्टसहरु मगाउँदा १ प्रतिशत मात्रै भन्सार शुल्क लिन आग्रह गरे । ‘भारत तथा तेस्रो मुलुकबाट आयात हुने कतिपय सामानमा तयारी सामान र कच्चा पदार्थको भन्सार दर समान छ,’ उनले भने, ‘कम्तिमा १ तह फरक हुनुपर्छ ।’एकिकृत सुरक्षा जाँच चौकी (आईसीपी) बाट ४ पाङ्ग्रे सार्वजनिक सवारी साधन र पैदल यात्रुलाई पनि आवतजावतका लागि अनुमति दिनुपर्ने माग संघले राखेको छ । हाल आईसीपीबाट मालबाहक सवारी साधनको मात्रै आवागमन भइरहेको छ । नेपाल चामल, तेल, दाल उद्योग संघका अध्यक्ष समेत रहेका गुप्ताले विगतमा दाल निर्यातमा सरकारले दिंदै आएको ४ प्रतिशत अनुदान पुनः लागू गर्न माग गरे ।कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै संघका उपाध्यक्ष माधव राजपालले ४७ वटा संकेत नम्बरमा आउने मध्ये अधिकांश मालवस्तुको हकमा शतप्रतिशत मार्जिन राख्ने प्रावधान, भन्सार मूल्यांकनमा देखिएको जटिलता, आईसीपी र ड्राइपोर्टको सौन्दर्यकरण, व्यवस्थापन सहितका व्यावहारिक एवं नीतिगत कठिनाइका बारेमा ध्यानाकर्षण गराए ।भन्सार प्रशासन, भीसीटीएस, मूल्यांकनमा देखिएको समस्या समाधान गर्न, भन्सार प्रयोगशालालाई अत्याधुनिक उपकरणले सुसजित बनाउन, भन्सारमा रहेको धरौटी रकम समयमै फिर्ता हुने वातावरण निर्माण गर्न र विद्युतीय भुक्तानीमा देखिएको प्राविधिक समस्या समाधान गर्न व्यवसायीहरुले माग गरे ।महानिर्देशक भट्टराईले उद्योगी व्यवसायीले राखेका उचित माग सम्बोधनका लागि पहल गर्ने प्रतिबद्धता जनाए । व्यावहारिक समस्यालाई तत्काल सम्बोधन गर्ने र नीतिगत समस्याहरु समाधानका लागि आवश्यक गृहकार्य गरेर सहज वातावरणको निर्माण गर्ने महानिर्देशक भट्टराईको आश्वासन छ । आधा हिस्सा राजस्व दिने क्षेत्रका उद्योगी व्यवसायीको समस्या समाधानमा आफू गम्भीर भएको उनले बताए ।online khabar

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर