साजिर मन्सुर कलैया । बारामा फेरि पल्सर मोटरसाइकल को चोरी बढेको छ । गएको १९ गते बिहिवार पनि कलैयामा बजाज कम्पनीको नया पल्सर २२० सिसि रातो कालो मोटरसाइकल चोरी भएको छ । प्र ०२-०३-०२२ प २७६१ नम्बरको नया मोटरसाइकल नेपाल बिधुत प्राधिकरण बितरण केन्द्र कलैया शाखा अगाडी पार्किङ गरि राखेको अवस्थामा दिउँसो करिब १:३० बजेको समयमा चोरी भएको मोटरसाइकल धनी सुनिल कुमार साह कानुले दुखेसो पोखेका छन ।
यसरी दिन्दहाडै दैनिक जस्तो मोटरसाइकल चोरी हुने गरेपनी स्थानिय प्रशासन मुक दर्शक बनेकामा आफुहरु आस्चर्यचकित भएको जनताले गुनासो गरेका छन । मोटरसाइकल चोरिको घटनामा वृद्धि हुदा पनि प्रहरी प्रशासन मौन हुनु र घटनामा कुनै कमि नहुनु ले आफुहरुको प्रशासन बाट भरोसा उठेको कलैया ३ का अन्तरास्ट्रिय कबड्डी खेलाडी तथा काङ्ग्रेस युवा नेता महेश साहले बताएका छन । साहले बारा जिल्ला चोरिको लागि उर्बर भुमी बन्दै जादा पनि आखिर प्रहरी प्रशासन मौन किन भनेर प्रश्न गरेका छन ।
नागरिक समाजले समेत यसमा ध्यानाकर्षण भएको जनाएको छ । बारामा चोरिको बढ्दो घटनाले त अब कतिपय बिमा कम्पनीले समेत बाराको पल्सर मोटरसाइकलको बिमा नै नगर्ने खालका प्रतिक्रिया दिन थालेका छन । अत बारा प्रशासनको यसमा छिटै ध्यान जाओस ।