कलैया । पर्सा बाट ५ किलो गाँजासहित २ भारतीय पक्राउ परेका छन् । सशस्त्र प्रहरीले ठोरी गाउँपालिका– ३ सिकारीबासबाट राति साढे ८ बजे गाजा सहित दुई जना लाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा भारत बिहार राज्य, पश्चिम चम्पारण जिल्ला, सोनखर पञ्चायत-१३ रामनगर बस्ने २९ वर्षीय संदिप पटेल र २५ वर्षीय प्रेम पटेल रहेका छन् । सशस्त्र प्रहरीले उनीहरुको साथबाट ४ हजार ५ सय भारतीय रुपैयाँ र १ थान मोबाईलसमेत बरामद गरेको छ । भारतीय मोटरसाईकलमा नेपालबाट भारततर्फ जाँदै गरेका उनीहरुले बोकेको झोलाबाट ५ किलो प्रतिबन्धित लागुऔषध (गाँजा) फेला परेको सशस्त्र प्रहरी बल १३ नं हेड क्वाटर पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक सन्तोष बस्नेतले बताए ।लागु औषध (गाजा), मोटरसाईकल र पक्राउ परेका दुवैजना भारतीय नागरिकलाई आवश्यक कारबाहिको लागी ईलाका प्रहरी कार्यालय ठोरीमा बुझाईएको सशस्त्र प्रहरीले जनाएको छ ।







