कलैया । नेपाली कांग्रेस बाराको १४ औँ अधिवेशनअन्तर्गत जिल्लामा पार्टीको नयाँ नेतृत्व चयनका लागि गत फागुन २१ गते मतदान को समयमा अनियमितता देखिए पछी स्थगित मतदान आज सुरु हुँदैछ ।
मतदान भने आज कलैयाको ३ चन्द्र माध्यमिक बिधालय मा बिहान ८ बजे देखि ५ बजे सम्म हुने निर्वाचन अधिकृत उप्रेतीले बिश्वास एफ एम लाई जानकारी दिएका छन् ।
उनका अनुसार यस भन्दा अघि खटिएका मतदान अधिकृत पनि फेरिएका छन् । गत फागुन २१ गते मतदान मा सुरक्षा ब्यवस्था कडा नभए पछि प्रहरी प्रशासन को आलोचना हुँदै आएको थियो । आजको मतदान मा भने सुरक्षा ब्यवस्था निकै कडा पारिएको छ ।
अधिवेशनमा सभापति पदका लागि प्रधानमन्त्री शेरबहादुर देउवाको संस्थापन पक्षबाट शम्भु बहादुर बुढाथोकी र राजेशराय यादवले उम्मेदवारी दिएका छन् भने इतरको शेखर कोईराला पक्षबाट रामानन्द यादवले उम्मेदवारी दिएका छन् ।
काँग्रेस बारामा कुल २ हजार ४ सय ८० मतदाता रहेको छ भने ७ पदाधिकारी सहित ८० जनाको कार्यसमितिको लागि २ सय ३२ जनाले उम्मेदवारी दर्ता गराएको जिल्ला निर्वाचन अधिकृत राजकुमार उप्रेतीले बताए। मतगणना आजै मतदान सकिए लगत्तै हुने निर्वाचन समितिले जनाएको छ ।