
साजिर मन्सूर,कलैया । बारामा ख्याति प्राप्त गर्न सफल सदरमुकाम कलैयामा अवस्थित बाल एकता बोर्डिङ स्कुलको ३० औं बार्षिकोत्सव तथा अभिभावक दिवस भब्यताका साथ सम्पन्न भएको छ । बिधालय को आफ्नै प्राङ्गणमा आज एक कार्यक्रमका बीच सम्पन्न भएको हो ।
कार्यक्रम को उद्घाटन गर्दै प्रमुख अतिथि समेत रहेका एन प्याब्सन बाराका अध्यक्ष प्रभु लाल कुश्वाहाले बिधालयले शिक्षा बिकासमा पुर्याएको योगदानको उच कदर सहित प्रसंशा गर्नु भएको थियो । उनले आज को दिन सम्म कलैयामा १० कक्षा पछी बिद्यार्थीहरु बाहिर जाने गरेको र बाल एकताले ११ र १२ पनि समावेश गरेकोमा धन्यवाद दिदै अब उप्रान्त बिद्यार्थीहरु बाहिर जानू नपर्ने र कलैया मै गुणस्तरीय शिक्षा हासिल गर्न सक्ने बताएका थिए ।
बिधालय बाट २०६५ सालमा एसएलसी अध्ययन गरि डाक्टर राजिव यादवलाई बिधालयका प्रधानाध्यापक रुपेश सरार्फले सम्मान गरेका थिए ।
बिधालयका संस्थापक भोला साह सोनारको अध्यक्षतामा एवम एन प्याब्सन बाराका अध्यक्ष प्रभुलाल प्रसाद कुश्वाहाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा शिक्षा बिकास तथा समन्वय ईकाई बाराका प्रमुख भरत बहादुर श्रेष्ठ,परिक्षा शाखा प्रमुख प्राबिधिक सहायक सन्तोस कुमार शर्मा शिक्षक संघ बाराका अध्यक्ष परमहन्स यादव सहित जिल्ला का अधिकास बिधालय का प्रधानध्याक , प्रेस युनियन बाराका सचिव साजिर मन्सूर,संस्थापक अध्यक्ष लगायत बाल एकता बिधालय का शिक्षकगण एवं अभिभावक एवं बिद्यार्थीको उपस्थिति रहेकोे बिधालयका प्रधानाध्यापक रुपेश सरार्फले जानकारी गराए ।
बिधालयका डाईरेक्टर सुमोध सरार्फ ले स्वागत गरेको कार्यक्रमको सन्चालन बिधालयका शिक्षक मनोज सेढाईले गरेका थिए ।