कलैया । नेपाली कांग्रेस बाराको सभापति चयनका लागि भोलि मतदान हुने भएको छ ।शुक्रबार भएको मतदानमा तीन उम्मेदवारमध्ये कसैले पनि बहुमत ल्याउन नसकेपछि धेरै मत ल्याउने राजेश राय यादव र शम्भु बुढाथोकी बीच दोस्रो चरणको निर्वाचन को मिति आज तोकिएको थियो । आन्तरिक विवाद र प्रमुख निर्वाचन अधिकृत नै जिल्ला बाहिर गए पछी आज को मतदान भोलि को लागि सारिएको छ । आइतबार विहान ८ बजेदेखि मतदान गर्ने तयारी छ ।पहिलो चरणको मतदानमा राजेश रायले ८३३, शम्भुबहादुर बुढाथोकीले ८०९ र रामानन्द यादवले ७०९ मत ल्याएका थिए । राय र बुढाथोकी संस्थापन पक्षका हुन् भने यादव संस्थापनइतरका हुन् ।
ताजा समाचार
© 2025, All right reserved to Bishwas FM 93.6 MHz
Design By : Newlife Ranjit Yadav / 9814232702