साजिर मन्सुर , कलैया । कलैया उपमहानगरपालिका वडा नम्बर १ का समाजसेवी तथा वडा अध्यक्ष प्रत्यासी गौरीशंकर यादव टिमलले महान पर्व होलि को अवसरमा होलि मिलन कार्यक्रम सहित शिक्षक को सम्मान गरेका छन । वडा नम्बर १ को कलैया गाउमा रहेको श्री नमुना निमाबी का शिक्षकहरुलाई समान गरेको टिमलले जनाएका छन ।

आउदै गरेको होलि पर्वको अवसरमा आयोजित रंग , अविर एक आपसमा लगाएर शुभकामना आदानप्रदान भएको र सभ्य भब्य तरिकाले होलि खेल्न सबैमा आग्रह गरेको टिमलले जनाए ।

हिन्दुहरुका सनातन पर्वहरु मध्य होली सबैको साझा पर्वका रुपमा रहेकाले यसको आफ्नै गरिमा रहेको कार्यक्रमको आयोजक समेत रहेका टिमलले बताएका छन । नेपाली तथा मधेसी संस्कृतिको संरक्षण सम्बर्द्धन गर्नलाई समेत सबैको पर्वको उच्च कदर सहित समाजमा रहेको एकता वचाई राख्न पनि यो पर्व महत्वपूर्ण रहेको बताए टिमलले बताए । शिक्षकहरुले हाम्रा नया पुस्ताहरुलाई शिक्षाको ज्योति फैलाईरहेकोले वहाहरुको उच्च सम्मान गर्दै सम्मानित गरिएको टिमलले बताए ।

उक्त अवसरमा बिधालयका पुर्व शिक्षकहरु प्रधानाध्यापक गुद्दर प्रसाद यादव,शिक्षक ध्रुब राज प्रसाद र गिता रेग्मी सहित हालका १२ जना शिक्षकहरुलाई गम्छा अबिर माला सहित ओढाएर सम्मान गरिएको बिधालयका शिक्षक जय प्रकाश यादव ले जानकारी गराए । सोही अवसरमा १ कक्षा देखि ९ सम्माका उत्कृष्ट ३० जना बिद्यार्थीहरुलाई शैक्षिक सामग्री हस्तान्तरण गरिएको समाजसेवी टिमलले बताएका छन ।
सो अवसरमा बारा उधोग बाणिज्य संघका उपाध्यक्ष प्रदिप कुमार साह उर्फ गोल्डेन,माओबादी केंद्र कलैया उपमहानगर कमिटी अध्यक्ष मुकेश साह,नेकपा एस का कलैया नगर कमिटी अध्यक्ष अरुण खनाल,अनेरास्ववियु का केन्द्रिय सचिव ईमरान आलम,युवा संघ कलैया नगर कमिटी अध्यक्ष हरिओम साह लगायतकाले सुभकामना मन्तव्य राखेका थिए । स्थानिय भद्रभलादमी,शिक्षाप्रेमी तथा शिक्षक बिद्यार्थीहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रमको सन्चालन अनेरास्ववियुका जिल्ला अध्यक्ष मुकेश कुश्वाहाले गरेका थिए ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर