
कलैया । वीरगन्जका राजेशमान सिंह जनता समाजवादी पार्टी नेपाल (जसपा) मा प्रवेश गरेका छन्।
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) परित्याग गरि उनी आज वीरगन्जमा आयोजित एक कार्यक्रम का बीच जसपा प्रवेश गरेका हुन्।
सिंह एमाले मा प्रवेश गर्ने चर्चा चले पनि वीरगन्ज महानगरपालिका का नगरप्रमुख विजय सरावगी एमाले प्रवेश गरेपछि उनी जसपा प्रवेश गरेका छन्।
वीरगञ्जस्थित नगरसभा गृह (टाउन हल) मा आयोजित पार्टी प्रवेश कार्यक्रममा जसपाका सङ्घीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई, केन्द्रीय अध्यक्ष उपेन्द्र यादव, मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउत, पार्टीका मधेस प्रदेश अध्यक्ष प्रतिनिधि सभा सदस्य रामबाबु यादव , सङ्घीय सांसद प्रदीप यादव, प्रदेशसभा सदस्य जनत अन्सारी सहित विभिन्न नेताहरु को उपस्थितिमा सिंहलाई फूलमाला लगाएर जसपा प्रवेश गराएका छन् । सिंहसँगै लोसपालगायत अन्य विभिन्न राजनीति दल त्यागेर युवाहरु जसपा प्रवेश गरेका छन् ।