कलैया । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि म्यादी प्रहरीमा भर्ना खुलेसँगै बारा जिल्लामा ११ हजार भन्दा बढी आवेदन परेको छ । बारा जिल्लामा २ हजार ५ सय २८ जना म्यादी प्रहरी छनोट हुने छन् । आवेदन भने ११ हजार २ सय ६७ परेको छ ।

यता मधेस प्रदेशको आठ वटै जिल्लामा ६८ हजार १९ जनाले दरखास्त दिएको प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले जनाएको छ । ८ वटै जिल्ला गरि २१ हजार ६९८ जना म्यादी प्रहरीका लागि ६८ हजार १९ जनाले आवेदन दिएका हुन् ।

प्रदेश प्रहरी कार्यालयका अनुसार सप्तरीमा ९४३४, सिरहामा ६५०७, धनुषामा ९०२१, महोत्तरीमा ८०५४, सर्लाहीमा १०८५१, रौतहटमा ४४८४, बारामा ११२६७ र पर्सामा ६२०१ जनाले आवेदन दिएका छन् । यद्यपि माग भने सप्तरीमा ३१३९, सिरहामा २३३१, धनुषामा ३४८६, महोत्तरीमा २७३७, सर्लाहीमा ३०८८, रौतहटमा २५८९, बारामा २५२८ र पर्सामा १८०१ जना गरिएको प्रदेश प्रहरी प्रबक्ता एसपी तुलबहादुर कार्कीले बताए । आवेदन दिने म्याद हिजो अन्तिम दिन सकिएको छ ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर