युनिक यादव, कलैया । बारा मा रहेको १६ स्थानीय तह मध्ये सबैभन्दा बढी जनसंख्या भएको स्थानीय तह हो कलैया उपमहानगर ।

यस उपमहानगरपालिका जिल्ला को सदरमुकाम मा पर्ने भएको ले आउँदो स्थानीय तह चुनाव मा पनि निकै महत्व का साथ देखिएको छ । अहिले निर्वाचन प्रचारप्रसार र नेता कार्यकर्ताहरु लाई जनता माझ गएर भोट माग्नै चटारो छ ।

कलैया उपमहानगरपालिका मा रहेको २७ वटै वडा मा विभिन्न दलहरुको पार्टी प्रवेश कार्यक्रम धमाधम भैरहेको छ । आगामि बैशाखमा हुने स्थानीय तहको निर्वाचनमा कुन पार्टीका उम्मेद्वार विजयी होलान् भन्ने जिज्ञासा कलैया बासीमा बढ्दै गएको छ ।

कलैया उपमहानगरपालिका मा स्थानीय तहको निर्वाचन २०७४ लाई हेर्दा नेपाली काँग्रेस पहिलो दल देखिएको थियो भने एमाले दोस्रो दल बनेको थियो । अहिले स्थानीय तहको निर्वाचन आगामी बैशाख ३० मा हुने भए पछी कलैया उपमहानगरपालिकामा कुन दलले आफ्नो बर्चश्व कायम गर्लान ? भन्ने आँकलन हुन थालेको छ, एकातिर पाँचदलीय गठबन्धन रहेको अवस्थामा एमालेले विजयी गरेको पालिकामा समेत अन्य दलले विजयी बन्ने दावी गरेका छन्, भने काँग्रेसका विजयी पालिकामा अरुदलको आँखा लागेको छ ।

यद्यपि हाल सम्म पनि कलैया उपमहानगरपालिका मा गठबन्धन हुन्छ , हुँदैन ठोस निर्णय हुन सकेको छैन । नेकपा एमाले बाट फेरि पनि मेयर मा बिनोद साह र उप-मेयरमाप्रतिमा यादव लाई टिकट पाउने निश्चित नदेखिए पनि बजार दुबै को चर्चा सुरु भएको छ । यद्यपि अहिले को उम्मेदवार हुने हो भन्ने निर्णय भएको छैन । यता नेपाली काङ्ग्रेस बाट पनि हाल कै मेयर राजेश राय यादव फेरि मेयर को उम्मेदवार हुने पनि चर्चा सुरु भएको छ ।

यद्यपि उनी सभापति मा निर्वाचित भए देखि पार्टी भित्रै विवाद बढ्दो छ । भने नगरवासीहरु उनको काम प्रति असन्तुष्ट जनाउदै आएका छन् । उनले गरेका केहि राम्रा काम होलान पनि तर मुख्य सडक नै धुलाम्मे छ । उनले प्रतिबद्धता गरेका स्मार्ट सिटि को योजना अपुरै रहेका छन् । डम्पिङ साइट छैन । सुबिधा सम्पन्न नगर अस्पताल छैन । यी र यस्ता कार्यले उनको आलोचना समेत भैरहेको छ । यद्यपि केही राम्रा काम पनि गरेको स्थानीयवासीले बताएका छन् । ऊनी निर्वाचित भए पछी २५ वटा वडा मा स्वास्थ्य चौकी निर्माण भई नागरिकले स्वास्थ्य सेवा पाइरहेका छन् । त्यस्तै २७ वटा वडा मध्ये ८ वटा बिधालयमा २७ कोठा निर्माण भएका छन् । ६० कोलो मिटर भन्दा बढी कालोपत्रे , ढलान भएका छन् ।

यस्तो छ २०७४ को मतपरिणाम

कलैया उपमहानगरपालिका नेपाली कांग्रेस बाट राजेश राय यादव १० हजार ९०३ मत ल्याई बागडोर सम्हालेका थिए । त्यस्तै दोस्रो स्थानमा नेकपा एमालेका विनोद प्रसाद साह १० हजार ७१६ मत ल्याएका थिए ।यस्तै संघीय समाजवादी फोरमका प्रमोद प्रसाद गुप्ताले ९ हजार ४०४ मत पाएका थिए । माओवादी केन्द्रका मुकेश शाहले ४ हजार ३७१ मत ल्याएका थिए । यस्तै उपप्रमुखतर्फ काँग्रेसकी रहमा खातुन १० हजार ५३८ मत ल्याएर विजयी भएकी थिइन् । एमालेकी प्रतिमा कुमारी यादवले १० हजार ३७२ र संघीय समाजवादी फोरमकी लक्ष्मीदेवी पटेलले ८ हजार ७०८ मत ल्याएकी थिइन् । माओवादी केन्द्रकी नाजमा खातुनले ४ हजार १४७ मत ल्याएकी थिइन् ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर