कलैया । प्रधानमन्त्री शेरबहादुर देउवाले कानुन मन्त्री परिवर्तन गरेका छन् । उनले हाल रहेका कानुन मन्त्री दिलेन्द्र प्रसाद बडू लाई अर्को मन्त्रालय दिदै गैरसांसद लाई मन्त्री मा सिफारिस गरेका हुन ।
प्रधानमन्त्री देउवाले अधिवक्ता गोविन्द बन्दीलाई कानुन, न्याय तथा संसदीय मामिला मन्त्री बनाएका छन् ।प्रधानमन्त्री देउवाले बिहीबार गरेको सिफारिसअनुसार राष्ट्रपतिले बन्दीलाई कानुन मन्त्रीमा नियुक्त गरेकी हुन् ।
उनको शपथ राष्ट्रपति कार्यालय दिउँसो २ बजेका लागि राखिएको छ । त्यस्तै मन्त्री बडू लाई उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी दिइएको छ । काँग्रेस र गठबन्धनभित्र छलफलपछि यो निर्णय लिइएको काँग्रेस उपसभापति पूर्णबहादुर खड्काले बताए ।