कलैया । अर्थ मन्त्रालयले पेट्रोलियम पदार्थको खपत घटाउन हप्तामा दुई दिन सार्वजनिक बिदा दिने प्रस्ताव मन्त्रिपरिषदमा लगेको छ।

अर्थमन्त्री जनार्दन शर्माले सातामा दुई दिन सार्वजनिक बिदा दिनेगरी पेट्रोलियम पदार्थको खपत घटाउने प्रस्ताव मन्त्रिपरिषद्मा पेस भइसकेको जानकारी दिए ।

मन्त्रालय ले सरकारी कार्यलयको २० प्रतिशतसम्म पेट्रोलियमको खपत घटाउने योजना बनाएको हो । सातामा दुई दिन सार्वजनिक बिदा दिँदा निजी प्रयोजनका लागि खपत हुँदै आएको पेट्रोलियम पदार्थको खपत घट्ने अनुमान सरकारको छ ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर