साजिर मन्सूर
कलैया,माघ १६

सहिद दिवसका अवसरमा बाल एकता सेकेन्डरी स्कुल कलैयाले बिज्ञान प्रदर्शनी को आयोजना गरेको छ । स्कुल प्राङ्गणमा आयोजना गरिएको प्रदर्षनिमा बिधालयका कक्षा ५ देखि ९ सम्मका बिद्यार्थीहरुले आ आफ्नो टिमको सहयोगमा तयार गरेको कुराहरुको प्रदर्षनी गरेका छन । कार्यक्रमका प्रमुख अतिथी कलैया उपमहानगरपालिका वडा नम्बर ६ का अध्यक्ष रामबिश्वास ठाकुरले यो प्रदर्शनिले बिज्ञान बिषय प्रती बिद्यार्थी एवम अभिभावकको समेत आकर्षण बढाउने बताएका छन । प्रमुख अतिथि ठाकुरले यस्ता प्रदर्षनीको जरुरी भएका कारण आफुले आउदो आव बाट यी र यस्ता शैक्षिक प्रदर्षनिका लागि बजेट बिनियोजन गर्ने तथा स्थानिय पालिका सङ्ग समेत बजेट छुट्याउन पहल गर्ने बताए ।
कार्यक्रममा अध्यक्षता गरेका बिधालयका प्रबन्धक सुमोध सरार्फले बाराका सबै शिक्षा प्रेमीको सल्लाह सुझाव बमोजिम बिधालय अगाडी बढिरहेको र आफुहरुको पहिलो प्राथमिकता नै उच्च स्तरको शैक्षिक हब कलैयामा तयार गर्ने रहेको बताए । शैक्षिक हब तयार भए यहाका बिद्यार्थी बाह्य जान नपर्ने स्थितिको सृजना गर्ने जसबाट समय तथा पैसाको बचत हुने बताए ।

स्वागत मन्तव्य दिदै बिधालयका प्रधानाध्यापक रुपेश स्वर्णकारले आजको समयमा बिज्ञानको महत्वपूर्ण आवस्यकता रहेको र कलैयामा यस्को प्राप्तीका लागि हर पहल थाल्ने बताए ।
प्रदर्शनिमा टिम १ बाट कक्षा ५ का सुस्मिता सहनी,रुक्सार खातुन,अनामिका यादव,रेशमा खातुन रहेका थिए । टिम २ बाट कक्षा ९ का प्रेरणा साह र प्रेक्सा साह त्यस्तै टिम ३ बाट कक्षा ८ का सुरज कुश्वाहा,आकाश श्रीवास्तव,विशाल कुमार यादव रहेका थिए । टिम ४ बाट कक्षा ९ का शुभम सिंह,बिबेक साह र अमन साह त्यस्तै टिम ५ बाट युवराज सिंह,रोबिन यादव,अनुज सिंह,शुभान खान,शैलेश प्रजापती रहेका थिए । टिम ६ मा देव सागर कुश्वाहा,आयुश गुप्ता रहेका थिए । टिम ७ बाट अक्छित पाल,रिजवान हुसेन,देब कुमार यादव,आयुश साह र सागर पटेल त्यस्तै टिम ८ बाट श्रेया सरार्फ,रोशनी साह,रोशनी कुश्वाहा,आकृती यादव,शृस्टिना श्रेष्ठ,सुहाना खातुन,पृती यादव र कृस्टिना साह रहेका थिए ।
कार्यक्रमको सन्चालन बिधालयका शिक्षक मनोज सेढाईले गरेका थिए ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर