साजिर मन्सूर
कलैया,असार ६

कलैया उपमहानगरपालिकाको एघारौं नगर सभाको कलैया स्थित करण राज पार्टी प्यालेसमा उदघाटन गरिएको छ । शैक्षिक प्रशासनिक पर्यटकिय शहर स्वच्छ,सम्मुनत कलैया नगर,कृषि र पुर्वाधार समृद्ध कलैया भन्ने नारा सहित नगर सभा शुरु भएको हो । नगर प्रमुख बिनोद साहले सभाको पानसमा बति बाल्दै उदघाटन गरेका हुन । आव २०८०/०८१ को नीति तथा कार्यक्रम नगर उप प्रमुख रौशन प्रविणको आदेशानुसार प्रमुख प्रशासकिय अधिकृत नाथु साहले प्रस्तुत गरे । उदघाटन सङ्गै नगर सभा सदस्यहरुले आफुहरुलाई पुर्व सहमति अनुसार नीति तथा कार्यक्रम को ड्राफ्ट पाच दिन पहिला उपलब्ध नगराएको भन्दै नाराबाजी गर्दै बिरोध प्रदर्शन गरेका थिए । आफुहरुले प्रदर्सन गरेपछी नगर प्रमुख ले नगर प्रहरी लगाएर लाठी चार्ज गराएकोले आफुहरु यसको विरुद्ध कडा रुपमा जाने नगर सभा सदस्य शशी दासले जनाए । यता नगर प्रमुख साहले जे जस्तो भएपनी आफुहरु सम्पुर्ण कुरा बिर्सेर नगर र जनताको लागि एक भएर अगाडी बढ्नुपर्ने बताउदै सबैलाई मिलाएर अघि बढ्ने बताएका छन ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर