साजिर मन्सूर
कलैया,भदौ २६
कलैया उपमहानगरपालिकाको न्यायीक समितिलाई पालिकाको २७ वटै वडा सम्म पुर्याउने आफ्नो लक्ष्य भएको उप मेयर तथा न्यायीक समितिका सम्योजक रौषन प्रविणले बताएकी छन । प्रवीणले
मेलमिलाप मा जोड दिँदै गाउँ घरका विवाद लाई आपसि समझदारीको माध्ययमबाट दुबै पक्ष लाई एक आपसमा मिल्ने वातावरण बनाउने लक्ष्य र “विवाद को साटो मेलमिलापको बाटो” नारा का साथ कलैया का सम्पूर्ण २७ वटै वडा मा ५ /५ मेलमिलाप कर्ता बनाइएको बताईन ।कलैया उपमहानगरपालिका को न्यायीक शाखाले मेलमिलाप कर्ताहरुको लागी भदौ १६ गते देखि २३ गते सम्म चल्ने विशेष मेलमिलाप सम्बन्धी तालिमको उद्दघाटन गरि सन्चालन गरिरहेको मेलमिलाप साखाका प्रमुख कानुन अधिकृत एवम तालिम संयोजक राजा हुसेनले जनाए । यस तालिमले हाम्रो गाउँ गरको विवादहरुलाई मेलमिलापको बाटो बाट सामाधान गरी कलैया उपमहानगरपालिका को न्यायीक समितीको कामलाई प्रभावकारी बनाउने हुसेनले जनाएका छन ।
तालिममा कार्यपालिका महिला सदस्य तथा सबै वडाका ३/३ जना वडा सदस्य गरि ९५ जनाको सहभागिता रहेको तालिम संयोजक हुसेनले जनाएका छन ।
यस अगाडि उदघाटन कार्यक्रममा न्यायीक समितिका सदस्य द्वय धर्मेन्द्र यादव र ध्रुब राउत अहिर,निमित प्रमुख प्रशासकीय अधिकृत प्रल्हाद बर्णवाल सहितकाको उपस्थिति रहेको थियो ।
तालिममा अधिवक्ताहरु नागेन्द्र राउत अहिर,प्रभात दहाल र सुर्यजित सिंह ले प्रशिक्षण दिईरहेका छन ।







