बिश्वास सम्बादाता
कलैया,मंसिर – २१
श्री नेपाल राष्ट्रिय माध्यमिक बिधालय ब्यवस्थापन समितिको अध्यक्ष पदमा गजेन्द्र कुमार जयसवाल पुन सर्बसहमतीबाट चयन भएका छन ।

महागढीमाई नगरपालिका वडा नं ५ बगडमपुरमा रहेको श्री नेपाल राष्ट्रिय माध्यमिक बिधालयको अध्यक्ष पदमा महागढीमाई नगरपालिकाको वडा नं – ५ का वडा अध्यक्ष समेत रहेका जयसवाल सर्बसहमतिबाट चयन भएका हुन । सो ब्यवस्थापन समितिको सदस्य पदमा सीता देबी राम ,सुनरपती दुसादिन ,रामबाबु यादव , रिना देबी मनोनीतमा सियाराम प्रसाद यादव त्यस्तै सदस्य सचिवमा प्रधानाध्यापक सरोज कुमार पासवान सर्बसहमतीबाट चयन भएका हुन । महागढीमाई नगरपालिकाको नगरप्रमुख एवम शिक्षा समितिको संयोजक उपेन्द्र यादव शिक्षा समितिको सदस्य धिरेन्द्र जसवाल , र शिक्षा प्रेमी राजेश्व प्रसाद सहनीको रोहवरमा समिती चयन भएको हो । जयस्वालले श्री नेपाल राष्ट्रिय माध्यमिक बिधालयमा शिक्षक ब्यवस्थापन देखि बिधालयको नयाँ भवन निर्माणमा अहम भुमिका खेल्नु भएको मेयर यादवले बताए । बिधालयको स्तरउन्नति र प्रगतिको लागि रात दिन भुमिका खेलेर बिधालयको ब्यवस्थापन जुटि रहनु भएको कारणले जयवाललाई पुन अध्यक्ष पदमा सर्बसहमतीले चयन गरिएको नगरप्रमुख यादवले बताए ।
जयस्वालले आफ्नो कार्यकालमा बिधालयको कायापलट गर्ने प्रतिबद्धता जनाएका छन ।







