वीरगंज – प्रतिबन्धित लागुऔषध खैरो हिरोईनसहित बीरगंजबाट एकजना पक्राउ परेका छन । पक्राउ पर्नेमा भारत विहारको मोहम्मद नेजामुद्दिन मिया रहेको पर्सा प्रहरीले जनाएको छ ।
वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी वरिष्ठ नायब निरीक्षक सुनिल थापाको कमान्डमा खटिएको टोलीले वीरगञ्ज महानगरपालिकाको बसपार्क क्षेत्रबाट उनलाई पक्राउ गरेको छ ।
प्रहरी टोलीले नेजमुदिन मियालाई बी.आर०५ ए.वाई १३४६ नम्बरको भारतिय कारमा सन्का लागि चेकजाँच गर्ने क्रममा गाडीको सिट पछाडी लुकाइछिपाइ ल्याएको सय ग्राम खैरो हिरोइन फेला पारेको थियो ।
पक्राउ परेका नेजमुदिन मियालाई आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय पर्सामा पठाइएको वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरीक्षक धर्मजङ थिङले बताउनुभयो ।







