कलैया ।किर्ते सवारी पास बनाउने उपकरणसहित दुई जनालाई बारा प्रहरी ले पक्राउ गरेको छ ।

पक्राउ पर्ने मा कलैया उपमहानगरपालिका वडा नम्बर १७ बस्ने २१ वर्षीय जय नारायणप्रसाद जयसवाल र कलैया उपमहानगरपालिका वडा नम्बर ३ बस्ने ३० वर्षीय गोपालप्रसाद साह रहेका छन् ।

शनिबार मध्यान्न १२ बजे प्रहरीले जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर १ पथलैया चोकस्थित कलैयादेखि काठमाण्डौ जादै गरेको ना१ज ७२८८ नम्बर को सुमो लाई चेकजाँच गर्ने क्रममा जयनारायणसँग जिल्ला प्रशासन कार्यालय बाराको छाप र अधिकृतको दस्तखतसमेत किर्ते गरी बनाइएको नक्कली सवारी पास फेला परेको जिल्ला प्रहरी कार्यालय बारा का प्रब्क्ता प्रहरी नायब उपरीक्षक गौतम मिश्र ले बताउनु भयो ।

पक्राउ परेका जयनारायण ना१ज ७२८८ न. को सुमोका धनी उमेशप्रसाद जैसवालको छोरा हुन् भने गोपाल दाइभाइ फोटो स्टुडियो एण्ड जनरल स्टोरका सञ्चालक हुन् ।

शनिबार मध्यान्न १२ बजे प्रहरीले जितपुर सिमरा उपमहानगरपालिका- १ पथलैया चोकस्थित सडकमा सवारी साधनहरु चेकजाँच गरिरहेको थियो । कलैयादेखि काठमाण्डौ जान लागेको ना१ज ७२८८ न. को सुमो  चेकजाँचका क्रममा जयनारायणसँग जिल्ला प्रशासन कार्यालय बाराको छाप र अधिकृतको दस्तखतसमेत किर्ते गरी बनाइएको नक्कली सवारी पास फेला परेको थियो ।

उनलाई पक्राउ गरी सोधपुछ गर्दा उनले कलैया उपमहानगरपालिका वडा नम्बर ४ स्थित मालपोत कार्यालय अगाडिको दाइभाइ फोटो स्टुडियो एण्ड जनरल स्टोरबाट बनाएको बताएका थिए । पसल खानतलासी गर्ने क्रममा थप तीन थान नक्कली सवारी पास तथा पास बनाउन प्रयोग गरिएका विभिन्न उपकरण फेला परेपछि गोपाललाई समेत पक्राउ गरिएको प्रवक्ता मिश्रले बताए ।

प्रहरी ले पसलबाट प्रहरीले २ थान पि्रन्टर, एक थान कम्युटर र तीन वटा नक्कली सवारी पास फेला परेको छ ।

पक्राउ परेका दुवै जनालाई इलाका प्रहरी कार्यालय सिमरा मा राखी लिखत सम्बन्धी कसुर (किर्ते मुद्दा) मा थप अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय सिमरा का प्रमुख प्रहरी नायब उपरीक्षक मनोजित कुँवरले जानकारी दिएका छन् ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर