साजिर मन्सूर
कलैया, साउन १३
जन जागरण युवा क्लब, बाराले आर्थिक वर्ष २०८२/०८३ को सामाजिक परीक्षण (Social Audit Program) कार्यक्रम बुधबार कलैयामा सम्पन्न गरेको छ।
क्लबले सञ्चालन गरेका विभिन्न सामाजिक, युवा तथा सामुदायिक विकाससम्बन्धी कार्यक्रमहरूको उपलब्धि, आय–व्यय, पारदर्शिता तथा संस्थागत गतिविधिबारे सरोकारवालाहरूबीच जानकारी गराउने उद्देश्यले सामाजिक परीक्षण कार्यक्रम आयोजना गरिएको हो।
सहभागीहरूले संस्थाले गरेका गतिविधिको समीक्षा गर्दै आगामी दिनमा अझ प्रभावकारी, पारदर्शी र जनमुखी कार्यक्रम सञ्चालन गर्न सुझाव दिएका थिए।
क्लबका पदाधिकारीहरूले सामाजिक परीक्षणले संस्थाप्रतिको जनविश्वास बढाउनुका साथै जवाफदेहिता, सुशासन र पारदर्शितालाई थप सुदृढ बनाउने विश्वास व्यक्त गरेका छन्। साथै, आगामी दिनमा पनि समाज विकास, युवा सशक्तीकरण तथा सामाजिक सचेतनाका कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाइएको थियो।
कार्यक्रममा आर्थिक वर्ष २०८२/०८३ मा क्लबले सम्पन्न गरेका गतिविधि, वित्तीय विवरण तथा भावी कार्ययोजनासमेत सार्वजनिक गरिएको थियो।
कार्यक्रममा स्वागत मनतब्य जनजागरण युवा क्लबका कार्यकारी निर्देशक डा.श्रीनिवास बैठाले गर्दै कार्यक्रमको उदेश्य बारे बताएका थिए । २८ बर्ष लामो समाजिक उतरदायीत्व पूरा गरेको संस्थाले समाजिक परिक्षण कार्यक्रम बिज्ञको सहजीकरण मार्फत गर्न लागिएको बताए ।
समाजिक परिक्षण अन्तरगत प्रारम्भिक प्रतिबेदन सार्वजनिकिकरण को सहजीकरण एम.फिल. कर्ण बहादुर नेपालीले गरेका थिए ।
समाजिक परिक्षण कार्यक्रमका अवसरमा जेजेवाईसी ले २०८२/०८३ मा सम्पन्न गरेको कार्यक्रमका मुख्य उपलब्धिहरु निम्नानुसार रहेको सहजकर्ता नेपालिले जनाएका छन ।
-विद्यालयका प्रशासक, अभिभावक, शिक्षकहरुमा गुणस्तरीय शिक्षा प्रवर्द्धनमा डिजिटल पद्धतिको एकाकारलाई सकारात्मक रुपमा लिएको ।
-हाम्रा बालबालिकाहरुले पनि डिजिटल सीपको प्रवर्द्धन गरेमा समकालीन शिक्षण सिकाईमा योगदान पुग्छ भन्ने विश्वास
-विभिन्न विद्यालयका पुर्वाधारहरुको मर्मत तथा पुन्निर्माणमा योगदान गरी बालमैत्री सिकाई वातावरण बनाएको
-शिक्षकहरुलाई तालिमहरुको प्रदान गरी पेशागत विकासमा साथै शिक्षण सिकाईमा योगदान गरेको
-नयाँ प्रविधिहरु जस्तै टेक ल्याव तथा मेकर स्पेस जस्ता पद्धतिको शुरुवात
-स्थानीय सरकारले तथा विद्यालयले गुणस्तरीय शिक्षाको पुर्ण प्याकेजमा कार्य गरेको खुशी र भरोसा व्यक्त गरेको ।
-विभिन्न व्यवहारिक प्रविधिमैत्री तालिम र औजारहरुको सहयोगले रोजगारीमा जान आत्मविश्वास प्रदान गरेको ।
-विद्यालय तथा पालिकाको नीति पैरवी तथा अन्य विद्युतीय पद्धति अपनाई सुशासनको प्रवर्द्धनमा योगदान ।
-विद्यालयको सुधार योजना तथा पालिकाका विभिन्न योजनाहरुको ग्याप विश्लेषण गरेको जसले नीति पैरवीमा योगदान गरेको ।
-अर्गानिक खेती, प्रणाली सम्बन्धी तालिम तथा क्षमता विकास र आवश्यक औजारहरु मार्फत व्यवहारिक ज्ञानमा वृद्धि जसबाट एक चौथाई जति अन्न उत्पादनमा वृद्धि भएको।
-खेती कार्यका लागि आवश्यक पर्ने विभिन्न औजारहरुको वितरण र हस्तान्तरणले खेती प्रणालीमा सहज भएको ।
-करिब २३१ घरधुरीलाई आयआर्जनका लागि बीउ पूँजीका रुपमा ५०००० र राम्रो काम गर्नेलाई थ्प फुस्कार वापते १२००० रकम प्रदान गरी निरन्तर आम्दानी गरिरहेका ।
-समुदायमा चाप्पाकूल बोरिङ्ग शौचालय लगायतका अति आवश्यक पक्षहरुमा सहयोग गरी पिउने पानी खेतीका लागि सिँचाई तथा सरसफाई सम्बन्धी कार्य भई डिग्नीफाईड जीवनमा योगदान ।
-सामुहिक वचतबाट विदेश जान वा अन्य दैनिक खर्चमा समेत सहयोग
-निरक्षर महिलाहरु समेत हस्ताक्षर गर्ने स्तरमा पुगेको र महिला हिंसा विरुद्ध आवाज उठाएको ।
संस्थाका कार्यवाहक अध्यक्ष राजदेव प्रसाद साहको अध्यक्षता तथा करैयामाई गाउपालिकाका अध्यक्ष शम्भु प्रसाद यादवको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा देवताल गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत कृष्ण नन्दन यादव,नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य सिकेन्द्र पास्वान, क्लबका पदाधिकारी, सदस्य, स्थानीय बुद्धिजीवी, समाजसेवी, युवा तथा सरोकारवालाहरूको सहभागिता रहेको थियो।
कार्यक्रमको सन्चालन सन्स्थाकी शिक्षा कार्यक्रम अधिकृत निशा पन्तले गरेकी थिइन ।







