साजिर मन्सूर

कलैया,श्रावण २

नेपाल कपडा तथा सिलाई व्यवसायी संघ जिल्ला कार्य समिति बाराको आयोजनामा तेस्रो साधारण सभा तथा दोस्रो अधिवेशन–२०८३ आज कलैयास्थित उद्योग वाणिज्य संघको सभाहलमा सम्पन्न भएको छ।

कार्यक्रममा जिल्लाभरका कपडा तथा सिलाई व्यवसायीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। अधिवेशनले संघको संगठनलाई थप सुदृढ बनाउने, व्यवसायीहरूको हक–हित संरक्षण गर्ने, व्यवसायमा देखिएका समस्या समाधानका लागि सम्बन्धित निकायसँग समन्वय गर्ने तथा व्यवसायीबीच आपसी एकता र सहकार्यलाई अझ मजबुत बनाउने विषयमा छलफल गरेको जिल्ला अध्यक्ष रहमतुल्लाह मन्सूरले जनाएका छन ।

कार्यक्रममा प्रमुख अतिथि समेत रहेका केन्द्रिय अध्यक्ष रामकृष्ण श्रेष्ठले बदलिँदो बजार अवस्था, व्यवसायीहरूले भोगिरहेका चुनौती तथा राज्यबाट व्यवसायमैत्री नीति आवश्यक रहेकोमा जोड दिएका छन। श्रेष्ठले साना तथा मझौला व्यवसायीको संरक्षण, सीप विकास र व्यवसाय प्रवर्द्धनका लागि सरकारसँग आवश्यक पहल गर्नुपर्ने धारणा व्यक्त गरे। उनले आजको समयमा महासङ्घ ले सारा सिलाई कटाई ब्यवसायीको सम्मानका लागि लडाई लडदै आएको बताएका छन । आज पनि लाखौ नेपालीले सिलाई कटाई गरेर आत्म निर्भर भएको बताएका छन । किसानले आफ्नो उत्पादनका लागी ३ महिना ६ महिना पर्खनु पर्छ तर सिलाई कटाई वालाले ३ घन्टामा सिलाई गरेर हजारौ कमाईरहेको यथार्थ सबलाई थाहा भएकोले सबले ईमान्दार भएर आफ्नो पेशा र ब्यवसायमा गर्व गर्नुपर्ने बताए । उनले अब बन्ने कार्यसमिति सबै पालिका र छेत्रलाई समेटेर बन्नुपर्ने र सबलाई संघको बिधान बमोजिम काम गर्न सुभकामना दिए । राज्यले समेत हाम्रा लागि सहुलियत कर्जा उपलब्ध गराउन कन्जुस्याइँ गर्न नहुने भने ।

कार्यक्रममा बरिस्ठ सिलाईकटाई कर्मी फेमस टेलर्सको सन्चालक एनुलहोदा अन्सारी,न्यु नेपाल टेलर्स का सन्चालक ओसि अहमद अन्सारी र काठमाडौं टेलर्सका सन्चालक आसमहमद अन्सारी लाई केन्द्रिय अध्यक्ष श्रेष्ठले दोसल्ला लगाएर सम्मान गरेका छन ।

अधिवेशनबाट नयाँ नेतृत्व चयन गर्ने कार्यसूचीसमेत रहेको आयोजकले जनाएको छ। कार्यक्रम सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको छ।

जिल्ला अध्यक्ष रहमतुल्लाह मन्सूरको अध्यक्षतामा भएको कार्यक्रममा बिशिस्ट अतिथि केन्द्रीय सह कोषाध्यक्ष मन्जु कार्की,प्रदेश सम्योजक अर्जुन तिमिल्सिना,महिला उधम संयोजक सीता थापा चौहान,नेपाल पत्रकार महासंघ मधेस प्रदेश सदस्य साजिर मन्सूर,युवा नेता अब्दुलेश अन्सारी,प्रहरी नायब निरीक्षक बिमलेश यादव,संघका महागढिमाई नगर अध्यक्ष अख्तर अन्सारी लगायतकाको उपस्थिति रहेको थियो ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर