
आश्मा प्रबिण,कलैया । बाराको तत्कालिन ख्याती प्राप्त शिक्षक स्वर्गीय भदै पटेलको स्मृतिमा आज देखि सदरमुकाम कलैयामा टि २० कृकेट प्रतियोगिता शुरु भएको छ ।
सिदेस्वर खेल परिसर मा शुरु भएको प्रतियोगिताको उदघाटन गर्दै स्वर्गीय पटेलका छोरा काङ्ग्रेस का युवा नेता दिपेन्द्र पटेलले कलैया कृकेटको उर्बर भुमी भएको र पछिल्लो समयमा यहाँ प्रतियोगिताहरु को आयोजनामा कमि देखिएपछी आफुले बुवाको स्मृतिमा यो प्रतियोगिताको आयोजना गरेको बताए ।
बुवाले आफ्नो समयमा बिद्यार्थीहरुलाई खेल प्रती उत्साहित गर्न र खेलमा रुचि बढाउन विभिन्न खालले सहयोग गरेको बालककाल देखि आफुले देखेकोले वहाको सपना पूरा गर्न आफुले यो प्रतियोगिताको थालनी गरेको बताए । युवा नेता पटेलले प्रत्येक बर्ष यो प्रतियोगिता को आयोजना
गरिने समेत प्रतिबद्धता जाहेर गरे । स्वर्गीय पटेल श्री ३ चन्द्र माबी को भौतिक बिकास सङ्गै शैक्षिक बिकासमा महत्वपुर्ण योगदान दिएका एक कुशल र असल शिक्षक रहेको र बाराली शिक्षा इतिहासमा वहाँ सदैव अमर रहने उनका सहकर्मि शिक्षक सुरेश शर्माले बताए ।
आज देखि शुरु प्रतियोगितामा जिल्लाका स्थानिय १२ क्ल्ब सहभागी रहेको आयोजक भदै-११ कल्बका ब्यवस्थापक एवम स्वर्गीय पटेलका जेठा छोरा नेपाली कबड्डि टिमका पुर्व कप्तान एवम अन्तरास्ट्रिय खेलाडी मुन्ना पटेलले जानकारी गराए । उदघाटन खेलमा बेनौली र बिरगंज भिडेकोमा बिरगंज लाई बेनौलिले ६९ रनले पराजित गरेको छ ।
बेनौलिका लागि नट आउट ९१ रनको योगदान दिएका अरनिको यादब म्यान अफ द म्याच घोषित भएका छन । बेनौलिका लागि भुलावन सहनिले एक्लै ६ बिकेट लिएका थिए ।अहिले दोश्रो खेलमा आयोजक भदै ११ र हरपुर क्लब बिच खेल भैरहेको छ ।