साजिर मन्सूर 

बारा, चैत १०

सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत महालक्ष्मी विकास बैंक लिमिटेड कलैया शाखा र निजगढ तिलगंगा सामुदायिक आँखा अस्पताल को संयुक्त आयोजनामा आज कलैया–देवकोटा चोकमा निःशुल्क आँखा शिविर सम्पन्न भएको छ।

शिविरमा २४५ जनाले आँखा परीक्षण गराई निःशुल्क औषधि प्राप्त गरेको शाखा बिपिन चौधरीले जानकारी गराएका छन । परीक्षणका क्रममा ३४ जना बिरामीमा मोतियाबिन्दु रोग पहिचान भएको र उनीहरूको शल्यक्रिया आवश्यक रहेको आयोजकले जनाएको छ।

ती बिरामीहरूको शल्यक्रियाका लागि अस्पतालले आगामी शुक्रबार (मिति २०८२/१२/१३) बिहान १० बजेको समय निर्धारण गरेको छ। शल्यक्रिया गराउन इच्छुक सबै बिरामीलाई सो दिन महालक्ष्मी विकास बैंक लिमिटेड कलैया शाखामा उपस्थित भई निजगढस्थित अस्पताल जान तयारी अवस्थामा आउन चौधरीले अनुरोध गरेका छन। बिरामीहरूका लागि यातायात (बस) को व्यवस्था पनि गरिने आयोजकले जानकारी दिएको छ।

शिविर सफल बनाउन तिलगंगा आँखा केन्द्र, काठमाडौँबाट आउनुभएकी चिकित्सक डाक्टर अल्का गिरी लगायत सम्पूर्ण टिमको महत्वपूर्ण भूमिका रहेको भन्दै आयोजकले धन्यवाद दिएको छ। कार्यक्रमप्रति आयोजक संस्थाले धन्यवाद व्यक्त गर्दै यस्ता सामाजिक स्वास्थ्य सेवाले स्थानीय बासिन्दालाई ठूलो राहत मिल्ने विश्वास व्यक्त गरेका छन्।

यता सिबिरले आफुजस्ता गरिब र असहायहरुलाई अत्यन्तै सहयोग पुगेको एक जना सेवाग्राहीले भनेका छन ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर