बिश्वास डेस्क

पर्सा, जेठ २८

मधेस प्रदेश को राजधानी धनुषा को जनकपुर उपमहानगरपालिका वडा नम्बर ६ स्थित श्री रामजानकी पार्टी प्यालेसमा सामुदायिक सुरक्षा जालो तथा महिलावादी आन्दोलन सुदृढीकरण–२ अन्तर्गत सार्वजनिक सुनुवाइ तथा संवाद कार्यक्रम सम्पन्न भएको छ।

टेवा धापाखेल ललितपुरको सहयोग एवम ग्रामीण उत्थान अभियान बाराद्वारा आयोजित कार्यक्रममा समुदायस्तरमा महिला अधिकार, लैङ्गिक समानता, सामाजिक न्याय तथा सामुदायिक सुरक्षा जालोलाई प्रभावकारी बनाउने विषयमा छलफल सम्बाद सहित सार्वजनिक सुनुवाइ सम्पन्न गरिएको छ।

 

सुनुवाईका क्रममा उपमेयर किशोरी साह,वडा नम्बर ६”का अध्यक्ष दिनेश प्रसाद साह,वडा सदस्यहरु सन्तोष कुमार साह,राम कुमार मन्डल,गङ्गादेबी मेस्तर,महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखा का भरत ठाकुर,उपमहानगर को महिला बिकास शाखा अधिकृत सौर्य साह, स्थानीय महिला, जनप्रतिनिधि, सामाजिक अभियन्ता, सरोकारवाला निकायका प्रतिनिधि तथा समुदायका नागरिकहरूको सहभागिता रहेको थियो।

कार्यक्रममा उपमेयर साहले महिला तथा बालबालिकामाथि हुने हिंसा न्यूनीकरण, पीडितमैत्री सेवा प्रवाह, समुदायमा महिला नेतृत्वको विकास तथा निर्णय प्रक्रियामा महिलाको अर्थपूर्ण सहभागिताका विषयमा आफ्ना धारणा राखेका थिए। सार्वजनिक सुनुवाइमार्फत स्थानीय तहमा रहेका समस्या, चुनौती तथा सेवाप्रवाह सम्बन्धी गुनासो र सुझावहरू समेत संकलन गरिएको र त्यसको समाधानका लागि आवस्यक बजेट राख्ने प्रतिबद्धता जनाए ।

कार्यक्रममा प्रमिला साहले महिलाको आर्थिक, सामाजिक तथा राजनीतिक सशक्तीकरण बिना समतामूलक समाज निर्माण सम्भव नभएको उल्लेख गर्दै सामुदायिक सुरक्षा प्रणालीलाई अझ बलियो बनाउन सबै पक्षको सहकार्य आवश्यक रहेको बताईन। उनले आवस्यक भएकाको लागि तालिम ल्याउन र तालिम सकेपछि आवस्यक रोजगारी ब्यवस्थापन हुनुपर्ने माग राखिन ।

सोनि कर्णले वडामा कार्यक्रम आउदा पर्याप्त मात्रामा सुचना नदिईने प्रती गुनासो गरिन ।

एक किशोरी सलोनी कर्ण ले बाल बिवाह र दाइजो प्रथा उन्मुलन मा उपमहानगरपालिका ले ठोस नीति निर्माण गर्न माग गरिन ।

अर्कि किशोरी वर्षा साहले आफुहरुलाई योजना छनौट प्रक्रियामा सहभागी नगराईने गरेको गुनासो पोखिन ।

 

महिला बिकास शाखाकी सौर्यसाहले आफुहरुले कार्यक्रम बनाएर दिने गरेपनी त्यो योजना नसमेटिने गरेको बताईन । उनले सबै वडामा महिला जागरण समूह गठन गर्न लागिरहेको जनाईन ।

 

बाल क्लब सन्जाल जनकपुर कि अध्यक्ष खुशी साहले पालिकाले बालबालिका का लागि पर्याप्त कार्यक्रम नदिने गरेको दुखेको पोखिन । उनले केही कार्यक्रम आएपनी हामिहरुलाई जानकारी नगराउने गरेको भनिन । जनकपुरमा अधिकान्स नागरिक एलानी,पर्ती,गुठिको जग्गामा बस्ने गरेकाले हाल सुकुम्बासी हटाउने कुराले त्रासमा रहेका जनतालाई कसरी ब्यवस्थापन गर्नुहुन्छ भनेर उप मेयरलाई प्रश्न गरेकी थिइन ।

 

कार्यक्रममा टेवा सन्स्थाका बारेमा राधिका परियारले जानकारी गराएकी थिईन । ग्रामिण उत्थान अभियानको कोर्डिनेटर प्रभाकर जयस्वालले कार्यक्रम उपलब्धी पुर्ण सम्पन्न भएको जनाए ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर