साजिर मन्सूर

कलैया, साउन १०

बारा जिल्लाको कलैया उपमहानगरपालिका–१ मा स्थापित आदिशक्ति समाज सेवा क्लब को पहिलो साधारण सभा तथा अधिवेशन आइतबार सम्पन्न भएको छ।

कलैया स्थित कटिया स्टेशन फेमिली हलमा आयोजित कार्यक्रममा क्लबका पदाधिकारी, सदस्य, समाजसेवी तथा स्थानीय व्यक्तिहरूको सहभागिता रहेको थियो। कार्यक्रमको उद्देश्य संस्थाको संगठनलाई थप सुदृढ बनाउँदै सामाजिक सेवाका गतिविधिलाई प्रभावकारी रूपमा अघि बढाउने रहेको संस्थाको सचिव आरती गुप्ताले जनाईन ।

“समाज सेवा हाम्रो प्रतिबद्धता, मानव सेवा हाम्रो लक्ष्य” भन्ने मूल नारासहित आयोजित अधिवेशनमा संस्थाको वार्षिक गतिविधिबारे समीक्षा, आगामी कार्ययोजना तथा संगठन विस्तारका विषयमा छलफल गरिएको संस्थाको उप सचिव भावना कर्णले बताईन ।आजै संस्थाको नेतृत्व चयन तथा आगामी कार्यकालका लागि आवश्यक निर्णयहरू समेत गरिएको कर्णले जानकारी गराईन ।

आदिशक्ति समाज सेवा क्लबको अध्यक्ष नेहा गिरिले शिक्षा, स्वास्थ्य, विपद् व्यवस्थापन, रक्तदान, सरसफाइ तथा अन्य सामाजिक सेवामूलक कार्यक्रम सञ्चालन गर्दै समाजमा सकारात्मक परिवर्तन ल्याउने प्रतिबद्धता व्यक्त गरेकि छन।

कार्यक्रममा सहभागीहरूले क्लबले आगामी दिनमा अझ प्रभावकारी ढंगले सामाजिक उत्तरदायित्व निर्वाह गर्दै मानव सेवाका क्षेत्रमा उदाहरणीय भूमिका खेल्ने विश्वास व्यक्त गरेका थिए।

कलैया उपमहानगरपालिका वडा नम्बर १ का अध्यक्ष मोहन बहादुर छेत्रीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा कलैया उपमहानगरपालिका स्वास्थ्य शाखाका मनोज यादव,नेपाल पत्रकार महासंघ का केन्द्रिय सदस्य सिकेन्द्र पास्वान,अस्थायी प्रहरी पोस्ट कलैया बस पार्क का सैइ बिमलेश यादव,कलैया वडा नम्बर २७ का पुर्व अध्यक्ष रेयाजुल हक अन्सारी,मेरो एकाडेमिका सन्चालक दिपेन्द्र भगत,एस राजन एशोसिएट्स का सन्चालक सिए राजन साह,अमर माबी दोहरी का अध्यक्ष मोतिलाल महतो लगायतकाको उपस्थिति रहेको थियो ।

 

आजको बन्द श्त्रले सर्वसम्मत रुपमा पुनः दोश्रो कार्यकालका लागि अध्यक्षमा नेहा गिरि,उपाध्यक्षमा सृजना तिवारी,सचिवमा आरती गुप्ता,उपसचिवमा भावना कर्ण

कोषाध्यक्षमा राजेश पण्डित चयन भएका छन । यस्तै

सदस्यहरूमा रोशन दास,सन्जय सरार्फ,जटाशन्कर कुश्वाहा,निभा गिरि सर्वसम्मत चयन भएका छन ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर