कलैया । निषेधाज्ञा अवधिमा रकम असुलीमा संलग्न रहेको आशंकामा बाराको पथलैयास्थित प्रहरी चौकीमा कार्यरत ११ प्रहरी लाई जिल्ला प्रहरी कार्यालय बारा झिकाइएको छ ।

प्रहरी चौकी पथलैयाका ईन्चार्ज श्यामबाबु यादव सहित पथलैया मा कार्यरत ११ जनाको टोलीलाई जिल्ला झिकाएर अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय बारा का प्रब्क्ता प्रहरी नायब उपरीक्षक गौतम मिश्र ले बताउनु भयो ।

प्रदेश ट्राफिक प्रहरी कार्यालय पथलैया र प्रहरी चौकी पथलैयाले केहि मिटरको दुरिमा चेक पोष्टको बोर्ड राखेर दैनिक सवारीको जाँच गर्ने र रकम असुल्ने गरेको जन गुनासोपछि ऊनीहरु सबै लाई जिल्ला मा तानिएको प्रहरी ले जनाएको छ ।अहिले उक्त स्थान मा नया टोलि परिचालन गरिएको प्रब्क्ता मिश्र ले जानकारी दिएका छन् ।

प्रदेश ट्राफिक कार्यालय माथि पनि छानबिन सुरु भएको प्रहरी स्रोतले जानकारी दिएको छ । प्रदेश ट्राफिक कार्यालय पथलैयामा भने केन्द्रीय प्रहरी विभागका टोलीले अनुसन्धान गर्ने भएको छ ।

अपराध नियन्त्रण, लागुऔषध ओसारपसार, तस्करी नियन्त्रण, हातहतियार ओसारपसारलगायतकाको जाँचपासका लागि खटाइएका प्रहरीहरुले रकम असुली गर्न थालेको विषयमा जनगुनासो बढे पछी अनुसन्धान थालिएको प्रब्क्ता मिश्र ले जानकारी दिएका छन् ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर