
साजिर मन्सूर
कलैया,फाल्गुन ६
हातको ५ वटा टेन्डन तथा रगतको नली समेत काटिएको बिरामीको प्रादेशिक अस्पताल कलैयामा सफल शल्यक्रिया गरिएको छ ।
२५ वर्षीय पुरुष बाँस काट्ने क्रममा धारिलो हतियारले हातको ५ वटा टेन्डन तथा रगतको नली समेत काटिएको अवस्थामा उनको सफल शल्यक्रिया गरिएको छ । प्रादेशिक अस्पताल मा हाल सम्म नभएको तथा निजि अस्पतालमा महँगो पर्ने यो जटिल खाल्को अपरेसन सम्पन्न भएको हो । घाइते बिरामीको सफल शल्यक्रिया प्रादेशिक अस्पताल कलैयाका वरिष्ठ हाडजोर्नी तथा नसा रोग विशेषज्ञ डा. नवनीत रौनियार नेतृत्व को टोलिमा सर्जरी विशेषज्ञ डा. संजय साह, हाडजोर्नी सर्जन डा. जयन्त भगवान मिश्र, एनेस्थेसिया सहायक लक्ष्मण झा तथा स्क्रब नर्स अर्पणा साह सहभागी थिए । नया मेडिकल सुपरिटेन्डेन्ट डा.अजय कुमार गुप्ताले कार्यभार सम्हाले देखि अस्पतालमा राम्रो परिवर्तन देखिन थालेको एक जना सेवाग्राहीले बताए ।
यता मेसु डा. गुप्ताले कलैया अस्पताललाई सुधार गर्ने आफ्नो लक्ष्य भएको बताएका छन ।