बिश्वास डेस्क
बारा, असार ८
परवानीपुर गाउँपालिकाले आर्थिक वर्ष २०८३/०८४ का लागि रु. ३६ करोड ६३ लाख १० हजारको अनुमानित आय–व्यय (बजेट) प्रस्तुत गरेको छ। गाउँपालिकाको १८ औँ गाउँसभाको अधिवेशनमा गाउँपालिका उपाध्यक्ष सुगान्धी देवी कनुइनलेको तर्फबाट प्रमुख प्रशासकीय अधिकृत मुन्ना साह रौनियारले नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरेका हुन्।
प्रस्तुत बजेटमध्ये चालुतर्फ करिब ६० प्रतिशत र पुँजीगततर्फ करिब ४० प्रतिशत बजेट विनियोजन गरिएको गाउँपालिकाले जनाएको छ। बजेटमार्फत सडक, स्वास्थ्य, कृषि, पशुपालन, पूर्वाधार तथा शिक्षाको गुणस्तर सुधारलाई प्राथमिकता दिइएको छ। साथै ग्रामीण कृषि विविधीकरण, युवा तथा महिला सशक्तीकरण, रोजगारी सिर्जना, प्रशासनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउने तथा गाउँपालिकाको समग्र विकासलाई केन्द्रमा राखेर कार्यक्रम अघि सारिएको जनाइएको छ।
गाउँपालिकाले आगामी आर्थिक वर्षको बजेटमार्फत कृषि, पूर्वाधार, शिक्षा, स्वास्थ्य र सामाजिक विकासलाई प्राथमिकतामा राख्दै समृद्ध परवानीपुर निर्माणको लक्ष्य लिएको गाउपालिका अध्यक्ष रामक्षेत्री प्रसाद कुर्मिले जनाएका छन । कुर्मिले सबै समुदाय र बर्गको लागि प्राथमिकतामा नितिकार्यक्रम ल्याएको बताए ।







