साजिर मन्सूर

कलैया,चैत्र ५

कलैया उपमहानगरपालिका ८ विशम्बरपुर अन्तर्गत खपरताता स्थित नवनिर्मित फन पार्क राम जानकी मन्दिर परिसरमा आयोजना भैरहेको श्री शत चण्डी महायज्ञ भव्य रूपमा उद्घाटन गरिएको छ।

धार्मिक आस्था र विश्वकल्याणको कामना गर्दै सुरु गरिएको महायज्ञ बुधबारदेखि औपचारिक रूपमा प्रारम्भ भएको हो। आज एक कार्यक्रमका बिच नेपाली काङ्ग्रेस बाराका पुर्व सभापति जयचन्द्र प्रसाद चौरसियाले रिबन काटेर उदघाटन गरेका छन । आयोजकका अनुसार महायज्ञ कलैया उपमहानगरपालिका–८ क्षेत्रमा स्थानीयवासीको सक्रिय सहभागितामा सञ्चालन भइरहेको छ।

उद्घाटन समारोहमा वैदिक मन्त्रोच्चारण, पूजा–आराधना तथा कलश यात्रा सम्पन्न गरिएको थियो। महायज्ञ अवधिभर भजन–कीर्तन, प्रवचन, रामलीला, रासलीला लगायत विविध धार्मिक तथा सांस्कृतिक कार्यक्रम आयोजना गरिने जनाइएको छ।

कार्यक्रममा स्थानीय अगुवा, धर्मगुरु तथा सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो। आयोजक समितिका अनुसार महायज्ञले धार्मिक चेतना अभिवृद्धि गर्नुका साथै सामाजिक एकता सुदृढ गर्न सहयोग पुग्ने विश्वास लिइएको छ।

महायज्ञ सन्चालन कमिटीका अध्यक्ष ठाकुर बिनोद सिंहले यो महायज्ञ आगामी चैत १३ गतेसम्म सञ्चालन हुने जानकारी दिएका छन।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर