साजिर मन्सूर
बारा,चैत ५
बारा जिल्ला क्षेत्र नम्बर ४ मा प्रतिनिधिसभा सदस्य निर्वाचनसँग सम्बन्धित एक उम्मेदवारको निर्वाचन खर्च विवरण सार्वजनिक गरेका छन । निर्वाचन आयोग नेपाल अन्तर्गत पेश गरिएको उक्त विवरणमा नेपाली काङ्ग्रेस का उम्मेदवार श्यामबाबु गुप्ताले विभिन्न शीर्षकमा गरिएको खर्च उल्लेख गरि सार्वजनिक गरेका छन ।
उक्त विवरण अनुसार गुप्ताले प्रचार–प्रसार, सवारी साधन, इन्धन, खाना–खाजा, कार्यालय सञ्चालन तथा कार्यकर्ता परिचालन लगायतका शीर्षकमा गरि खर्च गरिएको देखिन्छ। कागजातमा उल्लेख भएअनुसार केही प्रमुख खर्चहरूमा सवारी साधन तथा इन्धनमा उल्लेख्य रकम खर्च गरिएको छ भने प्रचार सामग्री र कार्यक्रम व्यवस्थापनमा समेत रकम खर्च भएको देखिन्छ।
दस्तावेजमा कुल खर्च करिब १६ लाख ४७ हजार ८३८ रुपैयाँभन्दा बढी भएको उल्लेख गरिएको छ। खर्च विवरण सम्बन्धित उम्मेदवारले नियमअनुसार तयार गरी जिल्ला निर्वाचन कार्यालयमार्फत पेश गरेको गुप्ताका सहयोगी शेखर भन्डारिले जनाएका छन ।
निर्वाचन खर्च विवरण सार्वजनिक भएसँगै पारदर्शिता र कानुनी मापदण्ड पालना गरेको भन्दै गुप्ताको प्रसंशा भएको छ ।
स्थानीय स्तरमा भने यस्तो विवरण सार्वजनिक हुनु सकारात्मक कदम भएको भन्दै मतदाताले पारदर्शिता कायम गरेको भन्दै गुप्ताको कदमको सकारात्मक चर्चा गरेका छन्।

Oplus_16908288







