साजिर मन्सूर 

कलैया,चैत १०

राष्ट्रिय किताबखाना (निजामती) अन्तर्गतको e-Pension सेवा देशका ७७ जिल्लामा विस्तार हुने क्रममा बारा जिल्लामा पनि औपचारिक रूपमा सुरु गरिएको छ। मिति २०८२ चैत्र १० गतेदेखि कोष तथा लेखा नियन्त्रक कार्यालय, बाराबाट उक्त सेवा सञ्चालनमा आएको हो।

कार्यालयका कोष नियन्त्रक सुमित कुमार पटेलका अनुसार नयाँ प्रणालीमार्फत अवकाशप्राप्त निजामती कर्मचारीहरूको निबृतिभरण अधिकार पत्र (Pension Payment Order) तयार गर्ने, औषधि उपचार खर्च, सञ्चित बिदा, बिरामी बिदा लगायतका सुविधा निर्धारण तथा रकम यकिन गरी पत्र जारी गर्ने कार्य अब सहज रूपमा हुने भएको छ ।

उनका अनुसार e-Pension सेवा लागू भएसँगै सेवाग्राहीले छिटो, पारदर्शी र झन्झटमुक्त सेवा पाउने अपेक्षा गरिएको पटेलले जानकारी गराए। यस प्रणालीले कागजी प्रक्रिया घटाएर डिजिटल माध्यमबाट सेवा प्रवाहलाई प्रभावकारी बनाउने विश्वास लिइएको समेत उनको तर्क छ।

कार्यालयले सेवाग्राहीलाई आवश्यक जानकारी लिएर सेवा लिन आग्रह गर्दै यसबाट सेवा प्रवाह अझ सरल र गुणस्तरीय हुने जनाएको छ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर