बिश्वास डेस्क

बारा,चैत ८

कारखाना समुहको आयोजनामा बजेट विश्लेषण सम्बन्धी दुई दिने कार्यशाला शुरु भएको छ। उक्त कार्यक्रम बाराको अमलेखगञ्ज स्थित होटेल क्विक २० र रिभरसाईड मा Dalit Social Development Society (DSDSO) को सहकार्यमा शुरु भएको छ।

“Civil Society Empowerment for Accountable Education Project” अन्तर्गत सञ्चालन हुन लागेको यस कार्यशालामा “Budget Analysis Tool” सम्बन्धी प्रशिक्षण प्रदान गरिने कारखाना समुहको मधेस प्रदेश संयोजक निरज कुमार मिश्रले जानकारी गराएका छन । मिश्रका अनुसार कार्यक्रममा सहभागी भई बजेट विश्लेषणका विभिन्न पक्षबारे व्यवहारिक ज्ञान हासिल गर्न सहभागि संस्थाका प्रतिनिधि हरुलाई सहयोग मिल्ने जनाएका छन ।

कारखाना समुहको सरस्वती पौडेलले कार्यशाला २०८२ चैत ८ र ९ गते (आइतबार र सोमबार) बिहान ८ बजेदेखि अपराह्न ५ बजेसम्म सञ्चालन हुने जनाएकी छन ।

कार्यक्रमले नागरिक समाजलाई सशक्त बनाउँदै शिक्षा क्षेत्रमा जवाफदेहिताको प्रवर्द्धनमा योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

कार्यशालामा अर्थशास्त्री प्रज्वल जोशिले सहजीकरण गरिरहेका छन ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर