साजिर मन्सूर

बारा,चैत ६

 बारा जिल्लामा कुष्ठरोग (लेप्रोसी) सम्बन्धी सचेतना तथा नियन्त्रणलाई प्रभावकारी बनाउन सरोकारवालाहरूबीच अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिएको छ।

The Leprosy Mission Nepal को सहयोग तथा स्थानीय सरोकारवालाहरू तथा पत्रकारहरुको सहभागितामा कलैया स्थित बारा उधोग बाणिज्य संघ को हलमा आयोजित कार्यक्रममा स्वास्थ्यकर्मी, सामाजिक अभियन्ता,सन्चारकर्मिहरु तथा अन्य सम्बन्धित व्यक्तिहरू गरि ५० जनाको उपस्थिति रहेको थियो।

कार्यक्रममा कुष्ठरोगको पहिचान, रोकथाम, उपचार प्रक्रिया तथा समुदायमा देखिने चुनौतीहरूबारे विस्तृत जानकारी दिइएको थियो। सहभागीहरूलाई रोगप्रति हुने सामाजिक भेदभाव अन्त्य गर्न तथा समयमै उपचारका लागि प्रेरित गर्न विशेष जोड दिइएको थियो।

कार्यक्रममा सहजीकरण गरेका द लेप्रोसी मिशन कार्यक्रमका मधेस प्रदेश प्रोजेक्ट प्रमुख अमजद अलि मिकरानिले क्षयरोग अझै पनि समाजमा लुकेको समस्या भएको उल्लेख गर्दै समयमै पहिचान र उपचारले पूर्ण रूपमा निको पार्न सकिने जानकारी गराए। साथै मिकरानिले समुदायस्तरमै जनचेतना फैलाउन सबै सरोकारवालाहरूको सहकार्य आवश्यक रहेकोमा जोड दिएका छन ।

यस अभिमुखीकरण कार्यक्रमले बारा जिल्लामा क्षयरोग नियन्त्रण तथा न्यूनीकरणमा थप सहयोग पुग्ने अपेक्षा गरिएको आयोजकले जनाएको छ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर