बिश्वास सम्बादाता
नेपाली बजारमा सुनको मूल्यले पुनः नयाँ उचाइ कायम गरेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार भदौ ७ गते आइतबार सुनको मूल्य प्रतितोला दुई हजार ८०० रुपैयाँले बढेर तीन लाख १९ हजार ५०० रुपैयाँ पुगेको छ। गत शुक्रबार सुन प्रतितोला तीन लाख १६ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो।
यसैबीच, चाँदीको मूल्यमा भने सामान्य गिरावट आएको छ। आइतबार चाँदी प्रतितोला १० रुपैयाँले घट्दै चार हजार ९७५ रुपैयाँमा कायम भएको छ, जबकि शुक्रबार यसको मूल्य प्रतितोला चार हजार ९८५ रुपैयाँ रहेको थियो।







