बिश्वास सम्बादाता

 

शम्भुनाथ नगरपालिका-३ ट्राफिक चौकमा बस्ने मोहम्मद इरफानकी २ वर्षीया छोरी खुशी खातुन मृत फेला परेकी छन्।

परिवारका भनाई अनुसार खुशी आज बिहानदेखि हराएकी थिइन् । बालिका हराएको जानकारी पाएलगत्तै परिवारजन प्रहरीमा पुगेका थिए।

प्रहरी र परिवारजनले खोजतलास गर्ने क्रममा उनी आफ्नै घरको पछाडिपट्टि रहेको झाडीमा मृत अवस्थामा फेला परेकी हुन्।

घटनाबारे प्रहरीले थप अनुसन्धान अघि बढाएको छ । बालिकाको मृत्युको कारण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ। घटनाको थप विवरण आउन बाँकी छ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर