राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद आशिका तामाङले ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनको अभिव्यक्तिप्रति प्रश्न उठाएकी छन्।

फोहोर व्यवस्थापनको विषयमा सरकार र स्थानीय तहको भूमिकामाथि आलोचना गर्दै उनले महर्जनको अभिव्यक्तिप्रति प्रश्न उठाएकी हुन्। मेयर महर्जनले फिनिस कम्पनी र नेपाल सरकारबिच भएको सम्झौताका कारण स्थानीय तहले आफ्नै पालिकाभित्र फोहोर व्यवस्थापन गर्न नसकेको आशय व्यक्त गरेको भन्दै तामाङले त्यसको प्रतिवाद गरेकी हुन्।
तामाङले महर्जनलाई लक्षित गर्दै फिनिस कम्पनीसँगको सम्झौता कार्यान्वयन वा अन्त्य गर्ने विषयमा विगतमा स्थानीय तहका जनप्रतिनिधिलाई कुन सरकारले रोकेको थियो भन्दै प्रश्न गरिन्।
‘मेयर चिरीबाबु बा ले “who the hell” रे! फिनिस कम्पनी र नेपाल सरकारबिचको सम्झौताको कारण आफ्नै पालिकाभित्रै फोहोर व्यवस्थापन गर्न हामी (मेयरहरू)ले नसकेका हौं रे! कस्तो अबुझ सांसद यति कुरा पनि नबुझ्ने रे मलाई! अनि किन फिनिस कम्पनीसँगको सम्झौता फिनिस गर्न तपाईँहरूलाई कुन सरकारले रोकेको थियो त त्यो बेला मेयरहरूलाई?’
उनले विगतमा केन्द्र, प्रदेश र स्थानीय तहमा एउटै राजनीतिक शक्तिको सरकार रहेको उल्लेख गर्दै त्यसबेला सम्झौता र फोहोर व्यवस्थापनका विषयमा आवश्यक पहल किन नगरिएको भन्दै प्रश्न गरिन्।
त्यस्तै, तामाङले फिनल्यान्ड सरकारले बन्चरेडाँडा फोहोर व्यवस्थापनका लागि दिएको अनुदानको उपयोगबारे पनि प्रश्न उठाएकी छन्। बन्चरेडाँडाका फोहोर प्रभावित नागरिक समस्यामा पर्दा सरकारले अनुदानको सदुपयोग गर्न नसकेको उनको आरोप छ।
उनले बन्चरेडाँडाका फोहोर पीडितको समस्या समाधानमा विगतका सरकारले प्रभावकारी कदम नचालेको भन्दै त्यसको जवाफदेहिता लिनुपर्ने बताइन्।
‘पहिला त केन्द्रमा, प्रदेशमा, स्थानीयमा तपाईँहरू कै सरकार थियो होइन? फिनल्यान्ड सरकारले बन्चरेडाँडाका लागि दिएको अनुदान (रकम) ग्वाम ग्वाम खाएर मोटाएको तपाईँकै केन्द्रीय सरकार थियो होइन? त्यतिबेला चाहिँ किन आवाज राख्नुभएन?’ तामाङले भनिन्, ‘बन्चरेडाँडाका फोहोर पीडितहरू रोइरहँदा अनुदानले पेट भरेर हाँसिरहनु भयो होइन?’
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर