थाइल्याण्डमा अलपत्र परेका २० जना नेपालीको उद्धार गरी आज नेपाल पठाइएको छ । बैंककमा रहेको राजदूतावासले उनीहरुलाई स्वदेश पठाएको हो । आकर्षक रोजगारीको प्रलोभनमा पारेर गएको जनवरी २४ तारिखमा भारतको नयाँ दिल्ली हुँदै उनीहरुलाई थाइल्याण्ड पुर्‍याइएकाे थियाे ।

साथै दूतावासले नेपाल सरकारले तोकेका मापदण्ड अनुसार श्रम स्वीकृति लिएर मात्र वैदेशिक रोजगारीमा जान तथा कसैको प्रलोभनमा परी कानून विपरित छिटो धेरै पैसा कमाउने उदेश्यले कम्वोडिया, लाओस, म्यानमार र थाइल्याण्डलगायत कुनै पनि देशमा वैदेशीक रोजगारीमा नजान समेत अनुरोध गरेको छ ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर