बिश्वास एफएम
कलैया, वैशाख १३
राष्ट्रिय कृषि कम्पनी नेपाल लिमिटेडको सहायक कम्पनी R.K.C.N.L. iTECH Limited द्वारा सहकारी क्षेत्रलाई प्रविधिमैत्री बनाउने उद्देश्यले “SKY Wings CBS (Cooperative Core Banking System)” सम्बन्धी विशेष डेमो तथा प्रस्तुतीकरण कार्यक्रम सम्पन्न गरिएको छ।
बाराको कलैया–४ स्थित Ark Restro & Lounge मा आयोजित कार्यक्रममा सहकारी संस्थामा डिजिटल बैंकिङ प्रणालीको प्रयोग, यसको आवश्यकता, फाइदा तथा व्यवस्थापन सम्बन्धी विषयमा जानकारी गराइएको थियो। कार्यक्रममा विभिन्न सहकारी संस्थाका प्रतिनिधि, अध्यक्ष तथा व्यवस्थापकहरूको सहभागिता रहेको बताइएको छ।
कार्यक्रममा CBS प्रणालीमार्फत सहकारी संस्थाको वित्तीय कारोबारलाई सुरक्षित, छरितो र पारदर्शी बनाउन सकिने विषयमा प्रस्तुतीकरण गरिएको थियो। साथै सहकारी क्षेत्रमा आधुनिक प्रविधिको प्रयोगले सेवा प्रवाह अझ प्रभावकारी बन्ने वक्ताहरूले बताएका थिए।
कार्यक्रमका आयोजकहरूले आगामी दिनमा पनि सहकारी क्षेत्रलाई प्रविधिसँग जोड्ने उद्देश्यले यस्ता कार्यक्रमलाई निरन्तरता दिने बताएका छन्।
विशाल हुमागाईको अध्यक्षता एवम बारा जिल्ला बचत तथा रिण सहकारी संस्था लिमिटेड को अध्यक्ष सत्येन्द्र ठाकुरको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा लिमिटेड महोतरिका अध्यक्ष लक्षमण यादव,उपाध्यक्ष लिलामणी आचार्य,प्रबन्धक मोहन सर,प्रदिप साह लगायतकाको उपस्थिति थियो । कार्यक्रमको सन्चालन रबिन्द्र कुमार पजियारले गरेका थिए ।







