साजिर मन्सूर
कलैया,असार २३
तथ्य र तथ्यांकअनुसार सहि विवरण कर्मचारीले स्थानिय सरकारलाई दियो भने स्थानिय सरकारले समेत खोपका लागि महत्वपूर्ण कार्यक्रम र बजेट छुट्याउन सक्ने प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीले बताएका छन ।
बारा जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गर्ने कार्यक्रमलाई सम्बोधन गर्दै प्रजिअ अधिकारिले यस्तो बताएका हुन।
अधिकारिले खोपको उपलब्धता, गुणस्तर र दिगोपनाका लागि निरन्तर प्रयास आवश्यक रहेको उल्लेख गर्दै यसलाई कायम राख्न सबै स्वास्थ्यकर्मी जिम्मेवार तवरले लागिरहन पर्ने बताएका छन ।
कार्यक्रममा बारा जिल्लाले सबै उमेर समूहका लागि आवश्यक पर्ने नियमित खोप सुनिश्चित गरेको र खोप सेवाको दिगोपनाका लागि आवश्यक पूर्वाधार, जनशक्ति र व्यवस्थापन प्रणाली तयार पारेको जिल्ला स्वास्थ कार्यालय बाराका प्रमुख राम नरेश यादवले जानकारी गराए।
स्वास्थ्य कार्यालय बारा प्रमुख यादवले जिल्लामा खोप पहुँच शतप्रतिशत पुर्याउन स्थानीय तह, स्वास्थ्य संस्थाहरू र सामुदायिक स्वास्थ्य स्वयंसेवकहरूको महत्वपूर्ण योगदान रहेको बताउदै ती सबै स्वास्थ्य प्रमुखलाई सम्मान पत्रले सम्मान गरिएको बताए ।
कार्यक्रममा उत्कृष्ट स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीहरूलाई सम्मान समेत गरिएको थियो।
यादवले बारा जिल्ला अब पूर्ण खोप सुनिश्चितता र दिगोपनाको लक्ष्य प्राप्त गर्ने जिल्लाको रूपमा उदाहरणीय बनेको जनाएका छन। स्वास्थ्य सेवा पहुँच विस्तार र दिगोपनाका लागि जिल्लाले अझ सशक्त योजना कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएको छ।
जिल्ला समन्वय समिती बाराका प्रमुख नरेन्द्र साहको अध्यक्षतामा भएको कार्यक्रममा कलैया उपमहानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत नाथु साह,रास्ट्रीय अनुसन्धान बाराका प्रमुख सरोज निरौला,जिल्ला स्थित सम्पुर्ण पालिकाका स्वास्थ शाखा प्रमुख,नेपाल पत्रकार महासंघ मधेस प्रदेश सदस्य साजिर मन्सुर,बारा शाखा उपाध्यक्ष पनालाल दास, स्वास्थ्यकर्मीहरू, विभिन्न सामाजिक संघसंस्था तथा सरोकारवाला निकायहरूको सक्रिय सहभागिता रहेको थियो।
कार्यक्रम जिल्ला स्वास्थ्य कार्यालय बाराको आयोजनामा सम्पन्न भएको थियो ।







